नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न « Arthapath.com
२ माघ २०७७, शुक्रबार

नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा सम्पन्न



काठमाडौं । नेपाल हस्तकला महासंघको ४० औं वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय काठमाडौंंबाट स्वीकृति लिई पौष २९ गते बुधबार महासंघका अध्यक्ष सुरेन्द्र भाई शाक्यको सभापतित्वमा सिमित संख्यामा महासंघको सचिवालयमा भेला भई भर्चुअल माध्यमबाट सम्पन्न भएको छ ।

उक्त साधारण सभाको उद्घाटन कार्यक्रमको प्रमुख आतिथ्यता महासंघका संस्थापक अध्यक्ष सागर समशेर राणाले गर्नु भएको थियो । सभामा सूचना तथा संचार प्रविधि मन्त्री पार्वत गुरुङ्ग, नेपाल सरकारका उद्योग, सचिव चन्द्र कुमार घिमिरे, वाणिज्य तथा आपूर्ति सचिव डा. बैकुण्ठ अर्यालले भर्चुअल माध्यमबाट शुभकामना दिनु भएको थियो ।

त्यसैगरी व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्याकारी निर्देशक शरद बिक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश कुमार अग्रवाल र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंशले भर्चुअल जुम बाट शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

वार्षिक सभाको बन्द शत्रमा कार्यसमितिको वार्षिक प्रतिवेदन, वित्तिय प्रतिवेदन माथि छलफल भई पारित गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्