निर्वाचनको लागी बजेट व्यवस्था भैसकेको छ : अर्थमन्त्री पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले संसद विघटन गर्न सकिदैन भन्नेले एकपटक संविधान पढ्न आग्रह गरेका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्वोधन गर्दै यस्तो बताएका हुन् । संविधान कार्यन्वयनको लागी निर्वाचन अपरिहार्य रहेको बताएका छन् । पछिल्लो समय सरकारले राम्रो काम गर्दागर्दै पनि पार्टी भित्रैबाट ठूलो तगारो बनेको उनले बताए ।
अर्थमन्त्री पौडेलले निर्वाचनको तयारीमा सरकार लागेको बताएका छन । उनले निर्वाचनको लागी मुख्य चाहिने कुरा भनेको शान्ति शुरक्षाको लागी सुरक्षा निकाय तयारीमा रहेको बताइसकेको छ । अर्को निर्वाचन आयोग पनि निर्वाचनको तयारी अघि सारिसकेको र बाँकी सरकारले बजेटको समेत प्रवन्ध गरिरहेको मन्त्री पौडेलले बताए ।
उनका अनुसार भदौमा बसेको नेकपा स्थार्यि समिति बैठकले चैत्रमा महाधिवेसन निर्णय गरेको थियो । तर प्रचण्डले पार्टीमा पेश गरेको आरोप पत्र पार्टी विभाजनको आरोप पत्र भएको महासचिव पौडेलले बताए । उनले भने, “प्रधानमन्त्रीमाथी प्रचण्डले लगाएको आरोप नै पार्टी विभाजनको मार्ग बन्यो ।
प्रचण्डको उदेश्य पार्टी कब्जा गर्ने र प्रधानमन्त्री हटाउने योजना रहेछ । अविश्वाको प्रश्ताव आएपछि ताजा जनादेशमा जाने प्रधानमन्त्री निर्णय हो ।” प्रतिनिधिसभा पुनस्थापनाको कुनै संभावना नरहेको उनको भनाइ छ । संसद विघटन गर्न सकिदैन भन्नेलाई एकपटक संविधान पढ्न उनले आग्रह गरे । बहुमत प्राप्त प्रधानमन्त्री संसद विघटन हुन नसक्ने भन्ने प्रश्न नै नहुने उनको तर्क छ ।