एनसीसी बैंकको वार्षिक साधारणसभा लाभांश प्रस्ताव पारित, ६ जना सञ्चालक निर्विरोध निर्वाचित « Arthapath.com
९ माघ २०७७, शुक्रबार

एनसीसी बैंकको वार्षिक साधारणसभा लाभांश प्रस्ताव पारित, ६ जना सञ्चालक निर्विरोध निर्वाचित



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको बार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको केन्द्रीय कार्यालय, बागबजार काठमाण्डौंमा आर्थिक वर्ष २०७६।०७७ को २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभामा प्रस्ताव गरिएको १०.२७ प्रतिशत बोनस शेयर र सो बोनस शेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सहित सबै प्रस्ताव पारित गरिएको हो ।

त्यस्तै, साधारण सभाबाट संस्थापक समुह “क” बाट तीन (३) जना र सर्वसाधारण समुह “ख” बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा ६ जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । साथै साधारण सभा पश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्र केशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ । समुह “क”बाट सञ्चालकहरुमा मोहन बहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित हुनु भएको छ भने समुह “ख” बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित हुनु भएको छ ।

साथै, सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस शेयर पश्चात यस बैंकको चुक्ता पूँजी रु १० अर्ब ३१ करोड ४५ लाख १६ हजार ६ सय ८० पुग्नेछ । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १२७ शाखा र १०२ वटा एटिएम सञ्चालन गरी आफना ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गरिरहेको छ ।

बैंकले आर्थिक वर्ष २०७६।०७७ मा रु. ७९ अर्ब ६१ करोड ७० लाख निक्षेप परिचालन तथा रु. ६७ अर्ब ८१ करोड ९४ लाख कर्जा प्रवाह गरी खुद नाफा रु. १ अर्ब १० करोड ८४ लाख आर्जन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्