दाङको देउखुरी पुगेर प्रधानमन्त्री ओलीले भने ‘म अस्वस्थ्य हुँदा रमाउनेहरु अहिले अत्तालिएका छन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु बिरामी भएका बेला नेकपाका अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल खुशी हुने र स्वस्थ्य भएको देखेर अहिले अल्तालिएर सडकमा पुगेको बताएका छन । सोमबार दाङको देउखुरीमा नवनिर्मित पक्की पुल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले आफु स्वस्थ्य भएको देखेर प्रचण्ड–माधव समुह अल्तालिएको बताएका छन ।
उहाँले म बिरामी भएका बेला गदगद हुने र निको भएपछि तनावमा पर्ने प्रचण्ड माधवका कारण संसद विघटन गर्नुपरेको बताएका छन । प्रधानमन्त्रीले केही मान्छेहरु बैठकमा नआएर बैठक छोडेर हिँड्दैमा नआत्तीन कार्यकर्तालाई निर्देशन दिए । सडकमा गएर म अध्यक्ष भएँ भनेर आफै घोषणा गर्नेहरुलाई निर्वाचन आयोगले नचिनेको बताएका छन ।
प्रधानमनत्रीले आफु कार्यकर्ताबाट निर्वाचित भएर आएको अध्यक्षलाई हटाँए भन्दा हासोँ उठेको बताए । ‘जनतालाई भ्रमपुर्ण तवरले पार्टी टुक्राउन खोजे तर पार्टी टुक्रिएको छैन ।’ प्रधानमन्त्रीले ‘अहिलेको विवाद पिलो निचोरिएको हो, पिलो आफै फुट्यो तर नेकपाको ओजन घटेको छैन ।’
तोकिएको समयमा निर्वाचन हुन्छ : प्रधानमन्त्री

त्यसैगरी प्रधानमन्त्रीले तोकिएकै समयमा धाधँलीरहित निर्वाचन हुने बताए । उहाँले कर्मचारी र सुरक्षा निकार्यलाई स्वस्थ्य निर्वाचन गराउन तयारीमा लाग्न निर्देशन दिए । प्रधानमन्त्री ओलीले सडक पुर्वाधार निर्माणमा सरकार तिब्र विकासमा अघि सरकेको बताएका छन ।

प्रधानमन्त्री ४ वर्ष अघि सुरु भएको राप्ती गाउँपालिकाको सिसहनियाँ गढवा गाउँपालिकाको महदेवा जोड्ने राप्ती पुलको सोमबार उद्घाटन गर्न दाङ पुगेका हुन । ८६५.४० मिटर लम्बाई र साँढे १० मिटर चौडाइ रहेको सो पुल करिब ९४ करोड लागतमा निर्माण भएको हो ।