बुधबार नेप्से पाँच अङ्कले घट्यो, ६ अर्बको कारोबार « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

बुधबार नेप्से पाँच अङ्कले घट्यो, ६ अर्बको कारोबार



काठमाण्डौ । आज बुधबार शेयर बजार परिसूचक नेप्से बपाँच अङ्कले घटेको छ । केही समूहको शेयर बढे पनि समग्र बजार ५.९ अंकले घटेर राताम्मे भएको छ । नेप्से ५.९ अंकले घटेर दुई हजार ६ सय ४९ दशमलव ६० विन्दुमा पुगेर आज बजार बन्द भएको छ ।

आज दुई सय १८ कम्पनीका एक करोड ४८ लाख कित्ता शेयर ६ अर्ब २१ करोड रुपैयाँमा किनबेच भएका छन् ।

आज व्यापार समुह,हाईड्रोपावर समुह,फाइनान्स ,र ननलाई इन्स्योरेन्स समुह बढेको छ भने अरु सबै समुह घटेर राताम्मे भएको छ ।

त्यसैगरी आज महिला लघुवित्तको शेयर लगातार ४९ दिन १० प्रतिशतले बढेर चार हजार पाँच सय सय ७३ रुपैयाँमा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्