कोरोना संक्रमित बढेपछि स्थानिय प्रशासनको कडा निर्देशन, बिवाहमा १० जनामात्रै सहभागी हुन पाइने « Arthapath.com
२८ बैशाख २०७८, मंगलवार

कोरोना संक्रमित बढेपछि स्थानिय प्रशासनको कडा निर्देशन, बिवाहमा १० जनामात्रै सहभागी हुन पाइने



विकास निर्माण रोक्ने

काठमाडौं । हिजो सोमबार एकैदिन १३९ जनाको कोरोनाले ज्यान लिएपछि काठमाडौं उपत्यकाका स्थानिय प्रशासन थप कडा भएका छन । काठमाडौं उपत्याकामा जनसंख्य धेरै भएकाले जोखिम बढ्ने भन्दै स्थानिय प्रशासन थप कडाइमा उत्रेको हो ।

आज बसेको उपत्यकाको प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ गतेसम्म निषेधाज्ञा लम्व्याउने निर्णय गरेका छन । साथै विकास निर्माणको नाममा भिड बढेको भन्दै राष्ट्रिय गौरवका बाहेक अन्य निर्माण रोक्ने निर्णय गरेको छ ।

स्थानिय प्रशासनले यसअिघ बिवाह ब्रतबन्ध जस्ता कार्यमा २५ जनासम्म सहभागी हुन पाउने व्यवस्थामा परिवर्तन गरी अव १० जनासम्म मात्रै सहभागी हुन पाउने व्यवस्था गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्