गण्डकीको जनमोर्चमा चिरा, शाही र थापाले साथ नदिएपछि गुरुङनै मुख्यमन्त्री, आजै सपथग्रहण « Arthapath.com
२९ बैशाख २०७८, बुधबार

गण्डकीको जनमोर्चमा चिरा, शाही र थापाले साथ नदिएपछि गुरुङनै मुख्यमन्त्री, आजै सपथग्रहण



काठमाडौं । अन्तत गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङनै बन्ने भएका छन । प्रदेश प्रमुख सिता पौडेलले दिएको ३ दिनको समयसिमाभित्र सकिनै लाग्दा सरकार गठनमा निर्णायक देखिएको राष्ट्रिय जनमोर्चाका २ सांसदले गठबन्धनलाई सहयोग नगर्ने भएपछि मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङनै दोहोरिने भएका छन ।

गण्डकी प्रदेशसभामा ३ सिट रहेको राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र खिकविक्रम शाहीले पार्टी केन्द्रको निर्देशन बेगर एमालेका संसदिय दलका नेता पृथ्वीसुब्बालाई समर्थन गरेका छन । जनमोर्चाका प्रमुख सचेतक पियारी थापाभने कांग्रेस, माओवादी र जसपाको गठबन्धनमा लागेकी थिइन ।

शाही र थापाले नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्री बनाउने बिपक्षमा लाग्दा गठबन्धनको बहुमत पुगेन । शाही र थापाले विज्ञेप्ति नै निकालेर आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ बस्ने बताएका छन ।अव सबैभन्दा ठुलो दलको नेताको हैसियतले पृथ्वीसुब्बा गुरुङनै मुख्यमन्त्री बन्ने निश्चीत भएको छ । मुख्यमन्त्री गुरुङलाई प्रदेश प्रमुख सिता पौडेलले आजै सपथग्रहण गराउने तयारी छ ।

गण्डकी प्रदेशमा नेकपा एमालेको २९, नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २, र स्वतन्त्र १ सांसद रहेका छन । ६० सदस्यिय प्रदेशसभामा सरकार बनाउन ३१ सांसद चाहिन्छ । जनमोर्चाका ३ नै जनाले समर्थन गरेको भए कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बन्ने थिए ।

काग्रेंससहितको गठबन्धन संविधानको धारा १६८(२) अनुसार सरकार बन्ने प्रक्रिया अव बन्द भएको छ । कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पु¥याउन नसकेमा धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्