जसपाको ३२ सांसदको समर्थनको पत्र बोकेर ओली देउवाअघिनै शितल निवासमा, ओलीसंग १५३ सांसदको हस्ताक्षर « Arthapath.com
७ जेष्ठ २०७८, शुक्रबार

जसपाको ३२ सांसदको समर्थनको पत्र बोकेर ओली देउवाअघिनै शितल निवासमा, ओलीसंग १५३ सांसदको हस्ताक्षर



काठमाडौं । फेरी प्रधानमन्त्रीमा केपी शर्मा ओलीले १४९ सांसदको हस्ताक्षरसहित दावी पेश गरेका छन । राष्ट्रपती भवन शितल निवासमा ओलीले आफुसंग १५३ सांसदको हस्ताक्षार रहेको प्रमाण पेश गरेका छन ।

आज बसेको जनता समाजवादी पार्टीको संसदिय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा हस्ताक्षर दिएको जनाइएको छ । जसपाको ३२ सांसदको हस्ताक्षर र एमालेका १२१ सांसदको हस्तँक्षरसहित प्रधानमन्त्रीमा पुनः केपी शर्मा ओलीले दावी पेश गरेका छन् ।

संविधानको धारा ७६ को उपधारा ५ वमोजिमको सरकार गठनका लागि राष्ट्रपती विद्यादेवी भण्डारीले साँझ ५ वजेसम्ममा प्रधानमन्त्रीको दावी गर्न दलहरुलाई आह्वान गरेकि थिइन । सो अवधीमा ओलीले १५३ सांसदको हस्ताक्षरसहित राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्