गण्डकी प्रदेशले ल्यायो ३० अर्बको बजेट, गतवर्ष भन्दा ४ अर्ब घट्यो « Arthapath.com
१ असार २०७८, मंगलवार

गण्डकी प्रदेशले ल्यायो ३० अर्बको बजेट, गतवर्ष भन्दा ४ अर्ब घट्यो



काठमाडौं । गण्डकी प्रदेश सरकारले ३० अर्ब ३ करोड ९४ लाख २७ हजारको बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले चालु आवको भन्दा ४ अर्ब कम बजेट ल्याएको छ ।

आर्थिक मामिला मन्त्रालयकोसमेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आर्थिक वर्ष २०७८.७९ को लागि ३० अर्ब ३ करोड ९४ लाख २७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेका हुन ।

गण्डकी प्रदेशले ल्याएको बजेट ४३.५ प्रतिशत चालुतर्फ र पुँजीगततर्फ ५५.७ प्रतिशत बजेट विनियोजन गरेको छ भने वित्तिय व्यवस्थापन तर्फ ०.८ प्रतिशत बजेट विनियोजन गरेको छ । प्रदेशसभामा नेपाली कांग्रेसबाट हालै मुख्यमन्त्रमा निर्वाचित भएका पोखरेलले आज बजेट सार्वजनिक गरेका हुन् ।

budget-gandaki

Tags :

प्रतिक्रिया दिनुहोस्