डा.खतिवडा कोस्टारिकाका लागि गैर–आवासीय राजदूत पदमा नियुक्त « Arthapath.com
७ असार २०७८, सोमबार

डा.खतिवडा कोस्टारिकाका लागि गैर–आवासीय राजदूत पदमा नियुक्त



काठमाडौं । खतिवडा कोस्टारिकाका लागि गैरआवासीय राजदूत पदमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय राजदूत पदमा नियुक्त गरेकी छिन् ।

गत पुस ७ गते राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम सरकार, मन्त्रिपरिषद्को सिफारिसमा खतिवडालाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेकी थिइन् ।

सोमबार राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेकी हुन्।

“आज मिति २०७८ साल असार ७ गते सोमबारका दिन सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ ।”


प्रतिक्रिया दिनुहोस्