एमालेमा पुर्वमाओवादीका ४ नेता स्थायी कमिटीमा इन्ट्री, को–को थपिए ७ नेता ? « Arthapath.com
१६ असार २०७८, बुधबार

एमालेमा पुर्वमाओवादीका ४ नेता स्थायी कमिटीमा इन्ट्री, को–को थपिए ७ नेता ?



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । एमालेको माधव नेपाल समुहको माग बमोजिम २ जेठ २०७५ मा फर्काउने माग अध्यक्ष ओलीले संबोधन गरेका छन ।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बुधबार स्थायी कमिटी बैठक बोलाएर पुरानो एमालेको कार्यसमिति व्यूताएका छन । एमालेले आजै पुर्व माओवादीबाट एमालेमा लागेका ४ नेतालाई स्थायी समिति सदस्य बनाएका छन ।

यसअघि अध्यक्ष ओलीले एमालेको पुरानो सांगठनिक संरचना भंग गर्दै महाधिवेशन आयोजक समिति बनाएका थिए । नेकपा विभाजनका क्रममा एमालेमै बसेका पूर्वमाओवादी नेताहरूलाई स्थायी समिति सदस्य मनोनीत गरेको हो । पुर्व माओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा अव एमालेको स्थायी मिति सदस्य बनेका छन् ।

त्यसैगरी एमालेकाबाट रघुवीर महासेठ, विष्णु रिमाल, बेदुराम भुसाल र रघुजी पन्त पनि स्थायी समितिमा मनोनित भएका छन । मनोनित भएका पन्त र भुषाल माधव नेपालपक्षका हुन भने महासेठ र रिमाल ओली पक्षका हुन ।

Tags :

प्रतिक्रिया दिनुहोस्