मानवता सबैभन्दा ठुलो धर्म: एकनाथ ढकाल « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

मानवता सबैभन्दा ठुलो धर्म: एकनाथ ढकाल



परिवार दलका अध्यक्ष ढकालद्वारा २ नम्बर प्रदेशको आठै जिल्लामा राहत सामग्री हस्तान्तरण

काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले मानवता सबैभन्दा ठुलो धर्म रहेको बताउनु भएको छ । प्रेदेश नम्बर २ को आठ वटै जिल्लाको भ्रमणमा रहेका ढकालले आइतबार सिराहा जिल्लाको गोलबजारमा आयोजित संक्षिप्त भेटघाट कार्यक्रममा नेपाल एक बहुसांस्कृतिक तथा बिबिधता युक्त मुलुक रहेको बताउदै आपसी सदभाब, सह–सम्मान र सह–अस्तित्वलेनै नेपाली राष्ट्रियता बलियो हुने जिकिर गर्नु भयो । उक्त अबसरमा अध्यक्ष ढकालले कोभिड–१९ पिडित गरिब तथा असहाय विभिन्न व्यक्तिहरुलाई राहतस्वरूप खाद्धन्न सामग्री पनि हस्तान्तरण गर्नु भयो ।

मानव अधिकारकर्मी श्याम कुमारी शाह तथा उत्तिम लाल मेमोरियल अस्पतालकी डाक्टर सुशिला सिंहले उपलब्ध खाद्ध सामाग्रीले मधेशका अति बिपन्न परिवारलाई ठुलो राहत मिलेको भन्दै धन्यवाद दिनुभयो । सो दलका प्रबक्ता सन्तोष पौडेलका अनुसार विभिन्न सामाजिक संघ संथाहरुको सहयोगमा प्रदेश नम्बर २ को सबै जिल्लामा राहत सामग्री अध्यक्ष एकनाथ ढकालको उपस्थितिमा सफलतापुर्बक वितरण गरिएको छ । राहत वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरु, सुरक्षा निकाय, मानबअधिकार कर्मी तथा नागरिक अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।

राहत सामग्री हस्तान्तरण गर्न नेता ढकाल पर्साको बाइपास रोड, वाराको कलैया, रौतहटको बरुडा, सर्लाहीको नवलपुर, धनुषाको गोदार र ठेराकचुरी, महोत्तरीको मटिहानी, सिरहाको लाहन, सप्तरीको महुवा बेलही र राजविराज पुग्नु भएको थियो। प्रबटका पौडेलले करिब १००० घरपरिवारलाई एक महिनालाइ पुग्ने गरि राहत उपलब्ध गरिएको बताए। परिवार दलले राहत वितरणमा सहयोग गर्नु हुने स्थानीय प्रशासन, जनप्रतिनिधिहरु, सुरक्षा निकाय, विभिन्न राजनैतिक दल, सामाजिक संघ – संस्था तथा स्थानीयहरुमा धन्यवाद ज्ञापन गरेको छ ।


प्रतिक्रिया दिनुहोस्