ऐनमा भएको सञ्चय कोषको प्रशासकको अधिकार कसले खोस्यो ? पुष्करको कार्यकारी अध्यक्ष बन्ने मोह ! « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

ऐनमा भएको सञ्चय कोषको प्रशासकको अधिकार कसले खोस्यो ? पुष्करको कार्यकारी अध्यक्ष बन्ने मोह !



काठमाडौँ । कर्मचारी सञ्चय कोषको प्रशासकको अधिकार अहिले सञ्चालक समितिले लिएको छ । कोषको अध्यक्षमा नियुक्त भएका राजश्व सचिव कृष्णहरि पुष्करले कार्यकारी अध्यक्षको रूपमा अधिकार लिएको प्रति कर्मचारी युनियनले विरोध जनाएको छ । 

कर्मचारी सञ्चय कोषको ऐनले प्रशासकलाई दैनिक कार्य सञ्चालन गर्ने अधिकार दिएको छ । गत साता बसेको कोषको सञ्चालक समितिको बैठकले प्रशासकको अधिकार खोसेर सञ्चालक समितिमा राखेको छ । सञ्चालक समिति नीति निर्देशन दिनुपर्ने निकाय भएपछि दैनिक कार्यकारी अधिकार आफूमा राखेको छ । 

ऐनलेनै प्रशासकलाई दिएको अधिकार जब कोषको अध्यक्षमा माओवादी पृष्ठभूमिका पुष्करको नियुक्तीसंगै खोसेको भन्दै कर्मचारी सम्बद्ध युनियनले विरोध गरेको छ । 

सरकार परिवर्तन भएसंगै देउवा सरकारले हटाएका कोषका प्रशासक तुलसिप्रसाद गौतम सरकारी अन्याय विरुद्ध अहिलेपनि अदालत धाइरहेका छन । सरकारले भदौ ३ गते हटाएका प्रशासक गौतमको अन्तिम फैसल्ला अशोज ४ गते हुँदैछ । गत बिहीबार अदालतबाट नहटाउनु भन्ने अल्पकालिन आदेश पाएका गौतमको प्रशासकिय अधिकार संचालक समितिले खोसेको छ ।

एमाले निकट सञ्चय कोष कर्मचारी सङ्गठनका अध्यक्ष धर्मराज मैनाली कोषको ६० औँ वार्षिकोत्सव समारोहमा बोल्दै कोषको दैनिक प्रशासन सिंहदरबारबाट चल्न लागेको हो ? भनेर प्रश्न गरे । के हामीले फाइल सदर गर्न मन्त्रालय धाइरहने ? कर्मचारी सञ्चय कोष विघटनको अधिकार सरकारलाई भएको तर व्यवस्थापन अयोग्य भएर अधिकार बुझाउनु वा खोस्नु कोषमाथि प्रश्न खडा भएको बताएका छन् । 

कोषको वार्षिकोत्सवको अवसरमा संचालक समितिका सदस्यहरु तथा कर्मचारीहरुको उपस्थिती रहेको छ । कोषले ६० ओं वार्षिकोत्सव समारोहको प्रमुख अतिथि अर्थमन्त्री जनार्दन शर्मा रहेका छन । कोषमा ५०० कर्मचारी दरबन्दी रहेको भएपछि ३९६ जना मात्रै कार्यरत रहेका छन् । 

यस्तो छ कोषको वित्तीय अवस्था

देशको पुरानो सञ्चय कोषको लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड रहेको छ । कोषले सो रकम परियोजना तथा संस्थामा ऋण तथा सेयर लगानी गरेको छ । कोषको कुल स्रोत ४ खर्ब ४४ अर्ब ४७ करोड रहेको छ । जगेडा कोष तथा बचतमा ४० अर्ब १६ करोड रहेको कोषले सञ्चयकर्ताको कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ रहेको छ । 

कोषले सञ्चित रकममा ६.५० प्रतिशत ब्याज दिन्छ । कोषको निवृत्तिभरण कोषमा १ अर्ब ५८ करोड रुपैयाँ छ भने दायित्व भने ४ अर्ब ६७ करोड रहेको छ ।

कोषको ६० औँ वार्षिकोत्सव समारोहमा निमित्त प्रशासक जितेन्द्र धितालले हालसम्म देशभर ५ लाख ९८ हजार सञ्चयकर्ता रहेको बताएका छन् । ४ खर्ब ४४ अर्बभन्दा बढी सञ्चय कोष र निवृत्तिभरण कोषसहितको वित्तीय स्रोत परिचालन गरेको बताए । 


प्रतिक्रिया दिनुहोस्