गभर्नर र अर्थमन्त्रीको राजीनामा मागसहित लगानीकर्ताको आमरण अनसन शुरु « Arthapath.com
३१ भाद्र २०७८, बिहीबार

गभर्नर र अर्थमन्त्रीको राजीनामा मागसहित लगानीकर्ताको आमरण अनसन शुरु



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नरको राजीनामा माग गरिरहेका लगानीकर्ताहरुले अर्थमन्त्रीको समेत राजीनामा मागेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै लगानीकर्ताहरुले आमरण शुरु गरेका छन् ।

भदौ २१ गतेदेखि आन्दोलनरत लगानीकर्ताहरुले आजदेखि आमरण अनशन शुरु गरेका हुन् । पूँजी बजार सुधार संघर्ष समितिको आयोजनामा आजदेखि विभिन्न माथ राख्दै आमरण अनसन शुरु गरेका हुन् ।

अर्थमन्त्री र गभर्नरको तत्काल बर्खास्त सहितको ब्यानर टाँसेर लगानीकर्ता नेपाल स्टक एक्सचेञ्ज अगाडि अनसन शुरु गरेका हुन् । उनीहरुले १८ बुँदे माग राखेका छन् । यसअघि राष्ट्र बैंकलाई उक्त १८ बुँदे पत्र बुझाएका थिए तर कुनै सम्वोधन नभएको भन्दै फेरि अनसन शुरु गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्