गुरिल्ला शैलीबाट भएनि सरकारले आज जसरी पनि बजेट पास गर्ने « Arthapath.com
३ आश्विन २०७८, आईतवार

गुरिल्ला शैलीबाट भएनि सरकारले आज जसरी पनि बजेट पास गर्ने



काठमाडौँ । अहिले अर्थमन्त्री जनार्दन शर्मा विभिन्न कोणबाट विवादित बनेका छन् । अर्थ मन्त्रालय सम्हाले लगत्तै शर्माले विभिन्न व्यापारिक घरानाको अनुचित लाभका कारण विवादित निर्णय लिएका छन् । 

सरकारले बजेट होलिडेमा रहेको अवस्थामा विगत ५ दिन देखी १ रुपैयाँ पनि खर्च गर्न नसक्ने अवस्थामा छ । सरकार भोलि बस्ने सांसदबाट बजेट जसरी पनि पारित गर्ने सोचमा अर्थमन्त्री रहेका छन् । अर्थमन्त्री भोलि बस्ने सांसदबाट जसरी पनि बजेट पास गर्ने अडानमा छन् । 

आफ्ना कारबाही गरेका सांसदलाई सभामुख अग्नि सापकोटाले रोकेको र आफ्नो सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयक मार्फत ल्याएको भन्दै एमालेले लगातार संसद अवरुद्ध गर्दै आएको छ । भोलि बिहानसम्म सरकार र प्रतिपक्षबिच कुनै सहमति नभए संसदको गतिरोध खुल्ने अवस्था छैन । 

सभामुख अग्नि सापकोटा पेलेरै जाने नीतिमा देखिन्छन् । उनले एमालेको मागमाथि कुनै सुनुवाइ नै गरेका छैनन् । सरकारले २५ भदौमा १६ खर्व ३२ अर्बको प्रतिस्थापन विधेयक ल्याएर नयाँ बजेट ल्याएको थियो । बजेट ल्याउने दिन संसद्मा जान अर्थमन्त्रीलाई संसद्मा भागेर रोष्टम पुगेका थिए । लडाकु शैलीले बजेट ल्याएका अर्थमन्त्री शर्मा लडाकु शैलीमै पास गर्ने तयारीमा जुटेका छन् । देश अहिले बजेट विहीनताको अवस्थामा छ । यस्तो अवस्थामा बजेट पास गर्नुपर्ने प्रतिपक्षको पनि दायित्व हो । तर सत्तापक्ष पेलेरै जाने नीति लिएको देखिन्छ । 

आइतबार अर्थमन्त्रीका सञ्चार सल्लाहकार गोविन्द रोक्काले बजेट सोमबार बस्ने सांसदबाट पारित गर्ने जानकारी दिए । उनले होहल्लाकै बिचमा बजेट जसरी पेस भएको थियो, अवरोध भए त्यसै गरी बहुमतले पास हुने जानकारी दिए । सोमबार पनि एमालेले संसद चल्न दिने अवस्था छैन । तर सरकारले बजेट जसरी पनि पास गर्ने सरकारको तयारी छ ।    


प्रतिक्रिया दिनुहोस्