लाभांसमा इन्डक्सन चुलो दिन मन्त्री भुसालको आग्रह « Arthapath.com
२५ पुष २०७८, आईतवार

लाभांसमा इन्डक्सन चुलो दिन मन्त्री भुसालको आग्रह



काठमाडौं । श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं १२ प्रयाग पोखरीमा अवस्थित सहकारीको पुस २४ गते शनिबार साधारण सभा, यल दरबार भेन्यू, शंखमूलमा ज्यापु समाज यलका अध्यक्ष तथा संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जनको सभापतित्व र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

सभामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन विशेष अतिथि रहेका थिए ।

संस्थाले सदस्य र समाजको उठानको लागि रचनात्मक कार्य गर्दै जान शुभकामना मन्त्री भुसालले दिईन् । उनले आउने आवमा संस्थाले प्रत्येक सदस्यलाई लाभांस स्वरुप इन्डकसन चुलो प्रदान गर्न सुझाव दिईन् ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफुसंग भएको पैसालाई घरमा नराखि लगानी वा वित्तीय संस्थामा राखि थप पैसा आर्जन गर्न सुझाब दिए ।

संस्थाका कार्यकारी अध्यक्ष तीर्थलाल महर्जनले संचालक समितिको तर्फबाट आव २०७७–०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०७८–०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।

संस्थाको शेयर पुँजी ८ करोड ६ लाख ३२ हजार ९ सय रुपैयाँ रहेको छ । संस्थामा सक्रिय १ हजार ८ सय २८ जना सदस्य आबद्ध भएका छन् । उक्त अवधिमा संस्थाको जगेडा कोषमा २ करोड ८१ लाख ११ हजार ७ सय ९ रुपियाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो ।

त्यस्तै संस्थाले ५१ करोड ५७ लाख ४१ हजार ५ सयं ४२ रुपियाँ निक्षेप संकलन गरी २६ करोड ९० लाख ९७ हजार २ सयं ४१ रुपियाँ कर्जा लगानी गरेको छ । सहकारीले गोदावरी नगरपालिका स्थित लेलेमा १२ रोपनी १४ आन ३ पैसा कृषि परियोजनोको लागि जग्गा खरिद गरेको छ ।


प्रतिक्रिया दिनुहोस्