सुन चोरी पैठारी आरोपमा पर्यटन बोर्डका सीइओ रेग्मीलाई साढे १ लाख रुपैयाँ जरिवाना « Arthapath.com
३ माघ २०७८, सोमबार

सुन चोरी पैठारी आरोपमा पर्यटन बोर्डका सीइओ रेग्मीलाई साढे १ लाख रुपैयाँ जरिवाना



काठमाडौं । सुन चोरी पैठारी गरेको आरोपमा पर्यटन बोर्डका सीईओ रेग्मीलाई जरिवाना गराईएको छ । सुनको अवैध ओसारपसार गरेको आरोपमा पर्यटन बोर्डका सीइओ धनञ्जय रेग्मी मुछिएपछि १ लाख ४० हजार ६८५ रुपैयाँ जरिवाना गरिएको हो ।

रेग्मीले कतार एयरलाइन्सको क्यूआर ७३० नम्बरको विमानबाट नेपाल आउँदा बिस्कुट आकारको तीन थान जम्मा ३० ग्राम अवैध सुन ल्याएको आरोपमा त्रिभुवन विमानस्थल कार्यालयले कारबाही गरेको हो ।

सीईओ रेग्मीलाई भन्सार ऐन २०६४ को दफा २ (च) तथा दफा ५७ ९१० बमोजिम सुन चोरी पैठारी गरी ल्याएको ठहर गर्दै कारबाही गरिएको पत्रमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्