उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने « Arthapath.com
६ माघ २०७८, बिहीबार

उपत्यकामा शुक्रबार रातिदेखि जोरबिजोर प्रणाली लागु हुने



काठमाडौं । कोरोनो संक्रमण दर दिनप्रतिदिन बढ्दै गएपछि सरकारले रोकथाम तथा न्यूनीकरण गर्न जोर बिजोर प्रणाली लागू गरेको छ ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी(सीडीओ) को बैठकले काठमाडौं उपत्यकामा सवारी साधनमा जोरबिजोर प्रणाली लागु गर्ने निर्णय गरेको हो ।

काठमाडौंकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलका अनुसार तिनै जिल्लाका सीडीओको बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी निजी तथा सार्वजनिक सवारी साधनहरूमा जोर बिजोर प्रणाली लागु गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा दैनिक ६-७ हजार भन्दा बढिमा कोरोना देखिन थालेको छ । यसअघि सरकारले जारी गरेका नियम पालना गरेको खासै देखिदैन । त्यसैले पनि कडा रुपमा प्रस्तुत हुन खोज्दै छ ।


प्रतिक्रिया दिनुहोस्