क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ४ जनाविरुद्ध ३७ करोड ३४ लाख रुपैयाँ बिगो सहित मुद्दा दर्ता « Arthapath.com
११ माघ २०७८, मंगलवार

क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ४ जनाविरुद्ध ३७ करोड ३४ लाख रुपैयाँ बिगो सहित मुद्दा दर्ता



काठमाडौं । राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा ४ जना विरुद्ध ३७ करोड ३४ लाख रुपैयाँ बिगो सहित मुद्दा दायर गरेको छ । विभागका अनुसार कैलाली लम्किचुवा १० स्थायी ठेगाना भई हाल काठमाडौं कालोपुल गुरुङ् टोलमा बस्ने दिनेश खड्का, दिनेश खड्काको दिदी प्रतिवादी भगवती खड्का, बुवा प्रतिवादी नर बहादुर खड्का र दिनेश खड्काको केटी साथी अनिता धितालको नामममा ३ वर्षको कैद सजाय र ३७ करोड ३४ लाख रुपैयाँ बिगोसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार प्रतिवादी दिनेश खड्का, प्रतिवादी दिनेश खड्काको दिदी प्रतिवादी भगवती खड्का, बुवा प्रतिवादी नर बहादुर खड्काको बयान, विभिन्न बैकका बैंक स्टेटमेन्टहरू, बरामदका मोबाइलमा प्राप्त मिसिल संलग्न डाटाहरु लगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्सको माध्यमबाट विदेशी विनिमय अमेरिकी डलर सम्बन्धी कसुर गरेको पाईएको छ । त्यस्तै, खड्काकी दिदी भगवती खड्का, बुवा नरबहादुर खड्का र उनको केटी साथी अनिता धिताल समेत संलग्न रहेको डलरको अनलाइन मार्फत अवैध कारोबार गरेको आरोपम मुद्धा दायर गरिएको हो ।

खड्काले इ स्क्रिल, बिन्यान्स मार्फत रकम लोड तथा अनलोड गरी अमेरिकी डलर सटही गरी ९ करोड ७९ लाख ९८ हजार ५८१ रुपैयाँ, अनिता धितालको लक्ष्मी बैंकबाट ५ करोड ७७ लाख ं६ हजार ८२६ रुपैयाँ, भगवती खड्काको एनआईसी एशिया बैकबाट २० करोड ४२ लाख ९४ हजार ५२६ रुपैयाँ र नर बहादुर खड्काको ग्लोबल आइएमई बैंकबाट १ करोड ६४ लाख ११ हजार १६६ रुपैयाँ समेत गरी कुल बिगो ३७ करोड ६४ लाख ११ हजार १ सय रुपैयाँको माग गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्