स्थानीय तहको निर्वाचनकाे लागी आयाेगले माग्याे १२ अर्ब बजेट ! « Arthapath.com
१८ माघ २०७८, मंगलवार

स्थानीय तहको निर्वाचनकाे लागी आयाेगले माग्याे १२ अर्ब बजेट !



काठमाडौं । निर्वाचन आयोगले आगामी जेठ ४ गते स्थानीय तय निर्वाचन गर्न प्रस्ताव गरेसँगै आवश्यक पर्ने बजेटको आकार पनि पेश गरेको छ ।

आयोगले २०७४ सालमा सम्पन्न निर्वाचनमा ८ अर्ब भन्दा बढी खर्च भएकामा हाल खर्च बढेर १२ अर्ब पुग्ने अनुमान गरेको हो । एकभन्दा बढी चरणमा निर्वाचन गरेमा थप खर्च हुने आयोगले जनाएको छ । आयोगले प्रधानमन्त्री शेरबहादुर देउवासँग मंगलबार भएको भेटमा चुनाव खर्चबारे जानकारी गराएको हो ।

आयोगका अनुसार निर्वाचन खर्चको अधिकांश भाग निर्वाचनमा खटिने जनशक्तिको तलब, भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने हुँदा २०७४ पछि उक्त शीर्षकहरूमा करिब ३० प्रतिशत वृद्धि हुँदा खर्चमा थप बजेट आवश्यक पर्ने देखिएको छ । २० लाख मतदाता थपिएकाले बजेट वृद्धि हुने आयोगको भनाइ छ ।

निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि १२ अर्ब रूपैयाँ खर्च लाग्ने बताएको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिले निर्वाचनमा प्रयोग हुने सामग्रीको मूल्य वृद्धि भएकाले खर्च बढ्ने बताए ।

नेपाल प्रहरीले सुरक्षाका लागि मात्रै अनुमानित १४ अर्ब लाग्ने बताएको छ । उक्त बजेट गाडी खरिद, म्यादी प्रहरीको खर्च र केही सञ्चार सेटमा खर्च हुने प्रहरीको भनाइ छ । अघिल्लो निर्वाचनामा प्रहरीले संघका लागि ७ अर्ब ४२ करोड तथा प्रदेश र स्थानीय तहमा ७ अर्ब ७२ अर्ब खर्च गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्