घाटामा रहेका सार्वजनिक संस्थानलाई निजी क्षेत्रलाई जिम्मा दिने « Arthapath.com
१० जेष्ठ २०७९, मंगलवार

घाटामा रहेका सार्वजनिक संस्थानलाई निजी क्षेत्रलाई जिम्मा दिने



काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले सरकारले आगामी आर्थिक वर्षदेखि घाटा बेहोरिरहेका सार्वजनिक संस्थाको जिम्मेवारी निजी क्षेत्रलाई दिने नीति अख्तियार गरेको बताएकी छिन् । प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले घाटामा रहेका सार्वजनिक संस्था निजी क्षेत्रलाई दिने बताएकी हुन् ।

निजी क्षेत्र सक्षम रहेका क्षेत्रमा सञ्चालन भइरहेका सार्वजनिक संस्थाको समेत जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारी योजना छ ।


प्रतिक्रिया दिनुहोस्