सहायक विदेशमन्त्री आउँदा देउवा सरकार थुरथुर काम्छ, ३ दिन कामज्वरो छुट्छः अध्यक्ष ओली « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

सहायक विदेशमन्त्री आउँदा देउवा सरकार थुरथुर काम्छ, ३ दिन कामज्वरो छुट्छः अध्यक्ष ओली



काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायक विदेशमन्त्रीले तिब्बती शरणार्थी शिविरमा भ्रमण गरेकोमा आपत्ति जनाएको छ । सरकारको नीति तथा कार्यक्रमाथि संसदमा भएको छलफलमा भाग लिंदै ओलीले सरकार एक चीन नीतिको पक्षमा छ कि छैन भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

ओलीले प्रश्न गरे, ‘एउटा सहायक मन्त्री आउँदा सरकारको स्कर्टिङ लिएर गुम्बागुम्बामा कसरी पुग्छन् ? कसले अनुमति दियो ? किन अनुमति दियो ? छिमेक सम्बन्धप्रति हाम्रो इमान्दारिता हुन्छ कि हुँदैन ? हाम्रो संविधानले भनेको तटस्थता यही हो ?’

बातैपिच्छे सत्ता उम्किहाल्छ कि भन्ने चिन्ता नपाल्न ओलीले आग्रह गरेका छन् । ‘एउटा सहायक विदेशमन्त्री आउँदा नै यो सरकार थुरथुर हुन्छ, तीन दिन कामज्वरो छुट्छ, ‘कहाँसम्मको लाचारी हो ? यस्तो सरकारले कसरी देशको स्वाधीनता रक्षा गर्छ ?’ओलीले भने, ‘नेपालको एक चीन नीतिको पक्षमा छ कि छैन ? छिमेकीहरूसँग मुखले एउटा कुरा व्यवहारमा अर्को कुरा गर्न मिल्छ ? आफ्नो भूमि अर्को देशको विरुद्ध प्रयोग गर्न नदिने नीतिमा सरकार अडिक छ कि छैन ?’


प्रतिक्रिया दिनुहोस्