बैंकहरुका कारण विकास हुन सकने, मर्जर गराएर बैंकको संख्या सिमित गर्नुपर्छः त्रिपाठी « Arthapath.com
१२ जेष्ठ २०७९, बिहीबार

बैंकहरुका कारण विकास हुन सकने, मर्जर गराएर बैंकको संख्या सिमित गर्नुपर्छः त्रिपाठी



काठमाडौं । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले नेपालमा रहेका धेरै बैंकहरुको कारण विकासले गति लिन नसकेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि बोल्दै उनले नेपालमा बैंकहरुको संख्या बढी भएकोले पूँजी छरिएको बताएका हुन् । एकत्रित हुनुपर्ने पूँजी छरिएर रहेकाले विकासले गति लिन नसकेको उनको बुझाई छ ।

पूँजी छर्न रोक्नका लागि बैंक तथा वित्तीय संस्थाहरुको संख्या घटाउनु पर्ने उनको भनाई छ । ‘धेरै संख्यामा रहेका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत गरि सिमित बैंकलाई बढावा दिनुपर्छ । छरिएर पूँजी एकत्रित गरिने छ । हाम्रो विकासको समस्या पूँजी कम भएर नभएको होइन । अत्यन्त छरिएर रहेको पूँजीको समस्या हो ।’

उनले जर्मनिको बैंकको उदाहरण दिँदै भने, ‘विश्वको छैटौ ठूलो अर्थतन्त्र भएको जर्मनीमा जम्मा ६ वटा बैंक छन् । हाम्रो देशमा यति धेरै बैंकहरु छन् । यी बैंकहरुले नै पूँजीले औधोगिकीकरण गर्न रोकिरहेका छ । बैंकहरुकै कारण आयातमुखी अर्थतन्त्रलाई बढावा दिएको छ । उत्पादनमुखी अर्थतन्त्रलाई यदासिनता देखाएको छ । त्यसकारण मर्जरमा गएर सिमित बैंक तथा वित्तीय संस्था बनाउनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस्