केदारस्युँ गाउँपालिकाको ५ बर्षे प्रतिबद्धताः ‘उज्यालो गाउँपालिका’ देखि आत्मनिर्भरकालागि पशुपंक्षी वितरण « Arthapath.com
१३ जेष्ठ २०७९, शुक्रबार

केदारस्युँ गाउँपालिकाको ५ बर्षे प्रतिबद्धताः ‘उज्यालो गाउँपालिका’ देखि आत्मनिर्भरकालागि पशुपंक्षी वितरण



काठमाडौं । बझाङ्गको केदारस्युँ गाउँपालिकाको गाउँ कार्यपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । केदारस्युँ गाउँपालिकाका नव निर्वाचित गाउँपालिका अध्यक्ष गणेश बहादुर बोहरा अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

अध्यक्ष बोहराले आफ्नो आगामी ५ बर्षभित्र विभिन्न १० वटा काम गर्ने प्रतिवद्धता गरेका छन् । साथै बोहराको अध्यक्षतामा बसेको कार्यपालिका बैठकले कार्यपालिका अन्र्तगतका विषयगत समितिहरु समेत गरेको छ ।

साथै गाउँपालिकाको प्रवक्ताको जिम्मेवारी कार्यपालिका सदस्य तस्विर विकले पाएका छन् ।

पाँच बर्षे कार्यकालको मुख्य प्रतिबद्धताः

१ हरेक घरपरिवारलाई स्वच्छ खानेपानिको व्यवस्था गर्ने ।
२ प्रत्येक घरमा विजुलीको व्यवस्था ‘उज्यालो गाउँपालिका’ गर्ने ।
३ ९ वटै वडामा रहेका स्वास्थ्य संस्थामा ल्याव र भिडीयो एक्सरे को व्यवस्था गर्ने ।
४ जेष्ठ नागरिक, असहाय, अपाङ्ग, असक्त व्यक्तिहरुलाई २–२महिना घरमै गएर निशुल्क चेकजाँच गर्ने ।
५ आमा बुवा नभएका टुहुरा, बेसाहारा बालबालिकाहरुलाई पठनपाठनका लागि आवश्यक सहयोग जस्तै (कापि, कलम, झोला, पोषाक) इत्यादि गर्ने ।
६ शाखा सडकहरुलाई निर्माण मर्मत तथा स्तरोन्नती गर्ने ।
७ सरकारी संघ सस्थालाई प्रविधि मैत्री बनाउने ।
८ प्रत्येक वडा कार्यालय भवन निर्माण गर्ने ।
९ गरिब, एकल महिला तथा दलित परिवारहरुलाई आत्मनिर्भरकालागि पशुपंक्षी वितरण गरिने ।
१० भौगोलिक विशेषताका आधारमा कृषि उत्पादनमा जोड दिई आवश्यकता अनुसार पकेट क्षेत्रको स्थापना गर्ने ।


प्रतिक्रिया दिनुहोस्