पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन « Arthapath.com
१० असार २०७९, शुक्रबार

पेट्रोलियम पदार्थमा ५० प्रतिशत कर घटाउन सरकारलाई निर्देशन



काठमाडौं । पेट्रोलियम पदार्थमा लाग्दै आएको कर ५० प्रतिशत घटाउन सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संसदीय समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको हो ।

समिति अन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आज आयल निगमका पदाधिकारीसँग छलफल गरेर यस्तो निर्देशन दिएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धिबाट सर्वसाधारणलाई असर परेकाले करमा ५० प्रतिशत तत्काल घटाएर जनतालाई राहत दिन निर्देशन दिएको हो ।

छलफलपछि समितिले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, अर्थ मन्त्रालय र आयल निगमलाई हाल लाग्दै आएको करमा ५० प्रतिशत घटाउन निर्देशन दिएको हो ।


प्रतिक्रिया दिनुहोस्