विद्युतीय गाडीमा टाटा, नेटाभी र कियालाई फाइदा पुग्ने गरी बजेट ल्याइयोः केपी ओली « Arthapath.com
२० असार २०७९, सोमबार

विद्युतीय गाडीमा टाटा, नेटाभी र कियालाई फाइदा पुग्ने गरी बजेट ल्याइयोः केपी ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई विद्युतीय गाडी आयातमा समेत प्रश्न गरेका छन । उनले अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेटमा टाटा, नेटाभी र किया जस्ता कम्पनीलाई फाइदा पुग्ने गरी मात्रै बजेट आएको बताए ।

‘गाडी आयातमा टाटा, नेटाभी र किया जस्ता कम्पनीलाई फाइदा पुग्ने गरी मात्रै बजेट आयो’ ओलीले भने ‘सिमित कम्पनीले मात्रै आयात गर्ने र त्यसबाट फाइदा लिने । यस्तो गर्न मिल्छ’ ?

दुई–चारवटा व्यापारिक घरानाले बजेट बनाएको भन्दै ओलीले प्रधानमन्त्री गठबन्धन जोगाउने बाहेक अरु सबै कर्तव्यप्रति लाचार बनेको आरोप समेत लगाएका छन् । गल्ती नगरेको भए फुटेज देखाइने भन्दै ओलीले संसारमै नभएको भ्रष्टाचार र अराजकता अर्थमन्त्रीले मच्चाएको बताए ।

पूर्व प्रधानमन्त्री ओलीले कुन कुन वस्तुको भन्सार दर घटाउने र बढाउने भन्ने निर्धारण बजेट बनाउने बेला ती व्यापारीका प्रतिनिधि राखेर गरिएको र व्यापारीको अनुहार बजेटमा झल्किएको बताए ।

ओलीले आफ्नो सरकारका पालामा एउटा सहसचिवले गर्ने काममा प्रश्न उठाउँदै प्रतिपक्षका सांसदले युवालाई बेसादर दलेर सडकमा पठाएको र ओम्नी काण्डको आरोप लगाएको भन्दै अहिलेको सरकारले ओम्नी काण्डलाई सडकमा ल्याएर छानबिन गर्न चुनौती दिए ।

ओलीले भने, ‘तपाईँहरू सरकारमा हुनुहुन्छ, ओम्नीलाई सडकमा ल्याउनुस र जनतालाई भन्नुस् । हामीले त ओम्नी काण्डको प्रश्न उठ्ने बित्तिकै व्यापारीका छानबिन समिति बनाएर कारबाही अघि बढाएका थियौँ । तर अहिले व्यापारिक प्रतिनिधि राखेर बिचौलिया राखेर बजेट बनाउनेमाथि के हुन्छ ?’


प्रतिक्रिया दिनुहोस्