मोबाइल र मोटरसाइकल आयातमा थप प्रतिबन्ध, बिलासी बस्तुको आयात प्रतिवन्धको अवधी बढाइयो « Arthapath.com
१ श्रावण २०७९, आईतवार

मोबाइल र मोटरसाइकल आयातमा थप प्रतिबन्ध, बिलासी बस्तुको आयात प्रतिवन्धको अवधी बढाइयो



काठमाडौं । सरकारले मोवाइल र मोटरसाइलक आयातमा थप प्रतिवन्ध लगाएको छ । सरकारसंग विदेशी मुद्राको संचिती कायम राख्न विलासी बस्तुको आयातमा प्रतिबन्ध लगाएको हो ।


यसअघि सरकारले ६०० अमेरिकी डलरभन्दा महंगा बोवाइल आयातमा प्रतिवन्ध लगाएकोमा अहिले सो लाई घटाएर ३ सय अमेरिकी डलरभन्दा माथीका मोवाइल आयातमा प्रतिवन्ध लगाएको हो ।

त्यसैगरी १५० सिसी क्षमता भन्दा बढीका मोटरसाइकल आयातमा प्रतिवन्ध लगाएको हो । सरकारले असार ३१ गते राती राजपत्रमा प्रकाशित सूचनामा विलासीका बस्तुको आयात रोकेको हो ।

गत बैसाख १३ गते विभिन्न विलासी बस्तुमा लगाइएको प्रतिवन्धमा थप कडाइ गर्दै भदौं १४ गतेसम्मलाई निरन्तरता दिइएको छ । सरकारले कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनका साथै सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थबाहेक), चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थबाहेक), हिरा (औद्योगिक कच्चा पदार्थबाहेक), मोबाइल सेट (६०० अमेरिकी डलर भन्दा बढी मूल्यका) ,रंगिन टेलिभिजन (३२ इञ्चभन्दामाथि) जीप, कार र भ्यानहरु (एम्बुलेन्स र शववाहन बाहेक), २५० सीसीभन्दा माथिका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरू र तास आयात गर्न असार मसान्तसम्म प्रतिबन्ध लगाएको थियो ।


प्रतिक्रिया दिनुहोस्