अर्थ सचिव मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा « Artha Path
१९ श्रावण २०७९, बिहीबार

अर्थ सचिव मरासिनी प्रधानमन्त्री कार्यालयमा सरुवा



काठमाडौं । बैठकले अर्थ सचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा पुन अर्थमन्त्री नियुक्ति भएर मन्त्रालय प्रवेश गरेदेखि मरासिनी बिदामा रहेका थिए ।
उनलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री कार्यालयमा सरुवा गर्ने निर्णय गरेको हो । स्वयमले मन्त्रालयमा रहेर काम गर्न इच्छुक नरहेको भन्दै सरुवा मागेकाले यस्तो निर्णय गरेको जनाइएको छ ।

सरकारले राजस्व सचिव रहेका कृष्णहरि पुष्करलाई अर्को सचिव नआइन्जेलसम्म दुवै सचिवको रुपमा काम गर्ने जिम्मेवारी समेत दिएको हो ।


प्रतिक्रिया दिनुहोस्