निजी क्षेत्र र सरकारबीच विश्वास टुट्दै गयो : पुर्व अर्थमन्त्री पौडेल « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

निजी क्षेत्र र सरकारबीच विश्वास टुट्दै गयो : पुर्व अर्थमन्त्री पौडेल




काठमाडौं । पूर्व अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्र र सरकारबीच विश्वास टुट्दै गएको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज(सेजन) को २६ औं वार्षिक साधारण सभामा यस्तो बताएका हुन् ।

सोही अवसरमा पूर्वमन्त्री पौडेलले आर्थिक क्षेत्रमा असाधारण समस्या छ रहेको र समाधान असाधारण अभ्यासबाट मात्र सम्भव रहेको बताए ।

उनले भने,-‘आर्थिक क्षेत्रमा असाधारण समस्या छ, समाधान असाधारण अभ्यासबाट मात्र सम्भव छ । कोरोना भुकम्प र नाकावन्दिका विच एमाले सरकारबाट बाहिरिँदा अर्थतन्त्रका सबै इण्डिकेटर राम्रा थिए ।देश आफै बन्दैन र आफै विग्रदैन । ‘यस पटकको जनादेश अस्थिर सरकार बन्ने खालको छ । अर्थतन्त्रले गति लिन स्थिर सरकार चाहिन्छ ।’

पौडेले राज्य आर्थिक रूपले बलियो नभई वितरणमुखी बजेट घातक हुने बताए । उनले भने, उद्योग निजीकरणको विरोधी म होइन, निजीकरणबाट जुन सकारात्कम रिजल्टको अपेक्षा गरिएको थियो त्यो भएन ।

‘गाँजाका विषयमा हतारमा हम्फाल्ने होइन । हाम्रो जस्तो मुलुकमा गाँजा खुल्ला गर्दा केही फाइदा केही घाटा होला अध्यायन गरेर निर्णय लिऔँ ।’-पौडेलले भने ।

अर्थतन्त्रको समस्या के हो समाधानको लागी खुल्ला छलफल र निर्णय हुनुपर्ने पौडेललको भनाई छ । उनले भने,-‘निजी क्षेत्रलाई नियमन गर्न सकिन्छ तर साथमा लिएर अघि बढे समस्याका समाधान हुन्छ । मन्त्रालय छुट्टै टापु जस्तो भयो । ‘


प्रतिक्रिया दिनुहोस्