हट्यो ४ बस्तु आयातमा लगाइएको प्रतिबन्ध, पुस १ गतेदेखि गाडी, मोबाइल तथा मदिरा आयात गर्न सकिने « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

हट्यो ४ बस्तु आयातमा लगाइएको प्रतिबन्ध, पुस १ गतेदेखि गाडी, मोबाइल तथा मदिरा आयात गर्न सकिने



काठमाडौं । सरकारले फुकुवा सवारी साधान, मोबाइल र मदिरा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । मंगलबार बसेको मन्त्रीपरिषदको बैठकले आगामी पुस १ गतेदेखि लागू हुने गरि आयात प्रतिबन्ध हटाएको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको सञ्चिती माथिको दबाव कायमै रहेको राय दिएपछि वाणिज्यले आयात प्रतिबन्ध लगाएको थियो । जुन मंसिर मसान्तसम्म भने कायमै रहेको छ ।

पुस १ गतेदेखि भने विदेशी मदिरा, ३ सय डलरभन्दा बढीको स्मार्ट फोन, १ सय ५० सीसी माथिका मोटरसाइकल र जीप कार भ्यानको आयात फुकुवा भएको हो । मन्त्रिपरिषद्को निर्णय राजपत्रमा प्रकाशित भएपछि आयात प्रतिबन्ध फुकुवा हुन्छ ।

विदेशी मुद्राको सञ्चिति घटेको भन्दै सरकारले वैशाखदेखि १० प्रकारका वस्तुको आयात प्रतिबन्ध लगाएको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाइएको थियो ।


प्रतिक्रिया दिनुहोस्