सङ्कट उन्मुख अर्थतन्त्रलाई लयमा फर्काउनु नयाँ सरकारको जिम्मेवारी हो: बरिष्ठ उपाध्यक्ष ढकाल « Arthapath.com
२३ मंसिर २०७९, शुक्रबार

सङ्कट उन्मुख अर्थतन्त्रलाई लयमा फर्काउनु नयाँ सरकारको जिम्मेवारी हो: बरिष्ठ उपाध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले संकट उन्मुख अर्थतन्त्रलाई लयमा फर्काउनु अब नयाँ सरकारका लागि महत्वपूर्ण जिम्मेजारी हुने बताएका छन् ।

उनले समग्र अर्थतन्त्रलाई चलायमान बनाउने उपायको खोजी आवश्यक रहेको बताए । वरिष्ठ उपाध्यक्ष ढकालले एक सरकारी संचारमाध्यमसंगको कुराकानीमा यस्तो बताएका हुन् ।

सो कुराकानीमा उनले भनेका छन्,–‘संवैधानिक हिसाबले राजनीतिक एजेन्डा एक हिसाबले पूरा भइसकको छ, अब चाहिँ आर्थिक एजेन्डालाई नै जोड दिएर अघि बढ्ने हिसाबले नयाँ सरकारले काम गर्नुपर्छ । समग्रमा सङ्कट उन्मुख अर्थतन्त्रलाई लयमा फर्काउनु नयाँ सरकारका लागि महत्वपूर्ण जिम्मेवारी हो ।’

ढकालले संसदमा उद्योगी व्यवसायीको प्रतिनिधित्वले निजीको क्षेत्रमा आशा जगाएको र आर्थिक विकासको मुद्दालाई समेत बलियो बनाउने बताए । उनले भने,–‘आर्थिक समृद्धिका लागि हामीले बारम्बार भन्दै आएको राजनीतिक स्थिरता अब कायम हुनेमा म पूर्ण विश्वस्त छु ।’

आम निर्वाचनमा निजी क्षेत्रका कतिपय उद्यमी व्यवसायाी विभन्नि राजनैतिक दलबाट प्रत्यक्ष मैदानमा होमिनुभयो, कतिपय समानुपातिक सूचीमा हुनुहुन्छ, यसले आउँदो संसदमा निजी क्षेत्रका मुद्दाले प्राथमिकता पाउनेमा कत्तिको आशावादी हुनुहुन्छ ? भन्ने प्रश्नमा ढकालले भनेका छन्, –‘आम निजी क्षेत्रको आवाज संसदमा पुर्याउन र नीतिगत तहमा बेहोरेको अवरोध हट्ने अपैक्षा छ , समग्र आर्थिक विकासको मुद्दालाई बलियो बनाउन आशा जगाएको छ ।’

उनले मुलुक अर्थतन्त्रका अधिकांश सुचकहरु सन्तोषजनक नभएपनि सुधारको बाटोमा रहेको बताए । उनले वैदेशिक रोजगारीमा जाने क्रम बढीरहेकोले विप्रेषण आप्रवाह पनि बढाएको जानकारी गराए ।

कुराकानीकै क्रममा उनले भनेका छन्,–‘हाम्रो मुद्रा सञ्चिति पछिल्लो महिना केही बढेको र शोधानान्तर स्थितिमा पनि सुधवार आएको देखिन्छ । हामीले डलर सञ्चिति बढाउने खालको उपायको खोजी गर्न आवश्यक छ । वैदेशिक मुद्रा भित्र्याउने प्रमुख स्रोत रेमिट्यान्सलाई वैद्यानिक माध्यमबाट भित्रउन विभिन्न सहुलियत आवश्यक देखिन्छ ।’

नेपाली अर्थतन्त्रमा बाह्य प्रभावको असर त्यति ठुलो वर सम्हालिनै नसक्ने खालको नरहेको ढकालले बताएका छन् । उनले भने,–‘जसरी श्रीलंका लगायतका देशको संकटसंग तुलना गरेर नेपालको अर्थतन्त्रको समस्या देखाइन्छ, त्यो अवस्था भने होइन ।’

वैदेशिक लगानीमा केही निराशा देखिए पनि पर्यटक आगमनमा भने सकारत्मक वृद्धिदर देखिएको र अव स्वदेशी अर्थतन्त्र चलायमान बनाउनुका साथै तरलता व्यवस्थापनमा केन्द्रित गर्नुपर्ने उनको भनाई छ ।

लामो समयको अन्तरालपछि उद्योगी व्यवसायी आफ्ना समस्यासहित सडकमा उत्रिए, पछिल्ला वित्तीय नीतिले व्यवसाय नै संकटमा परेको भन्दै यसमा सुधार गर्नुपर्ने उनीहरुको माग छ, व्यवसाय गर्ने वातावरण साँच्चै अप्ठ्यारो भएको हो ? भन्ने प्रश्नमा ढकालको जवाफ छ,–‘ कोरोना महामारीका कारण प्रभावित अर्थतन्त्र त्यसको प्रभाव कम हुन थालेपछि केही सुधारतर्फ अघि बढीरहेको थियो। तर, पछि तरलताको समस्या, मूल्यवृद्धि, युक्रेन–रसियाबीचको युद्धका कारण व्यवसायिक गतिविधि खुम्चिएको अवस्था हो । व्यवसायको लागत अस्वभाविक रुपमा बढीरहेको छ भने निर्माणजन्य उद्योग बन्द भईसकेका पनि छन् । संचालनमा भईरहेका उद्योग पनि सीमित क्षमतामा मात्र संचालनमा छन् । यसले गर्दा सरकारको राजश्व संकलनमा पनि लक्ष्य अनुसार हुन् सकेको छैन । यो अवस्थालाई समयमै सम्वोधन नगर्ने हो भने भविष्यमा थप जटिलता आउन सक्छ । व्यवसायी सडकमै आउनुपर्ने परिस्थिति दुर्भाग्यपूर्ण छ र यसलाई सम्वोधन गर्न जरुरी छ । अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र सम्वन्धित नियामक निकायले लचकता अपनाएर भएपनि अहिलको समस्या समाधान गर्न लाग्नुपर्छ । जुन असम्भव पनि कुरो होइन ।’


प्रतिक्रिया दिनुहोस्