रिटर्नी फेडेरेसन नेपालको प्रथम महाधिवेशन गर्ने « Arthapath.com
८ चैत्र २०७९, बुधबार

रिटर्नी फेडेरेसन नेपालको प्रथम महाधिवेशन गर्ने



काठमाडौं । रिटर्नी फेडेरेसन नेपालले प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) केपी शर्मा ओलीको प्रमुख अर्तिथमा चैत्र ११ गते उद्घाटन तथा १२ गते नेतृत्व चयन, प्रशिक्षण सहितका कार्यक्रमहरु गर्ने भएको छ ।

चैत ८ गते (आज) राष्ट्रिय महाधिवेशनको जानकारी दिदै रिटर्नी नेपालले पत्रकार सम्मेलन गरेको थियो । उक्त संगठनको अध्याक्ष चन्द्र बहादुर रोकाले वैदेशिक रोजगारीबाट फर्की आएका कामदारको सीप, पूँजी र निजले सिकेको प्रविधि उपयोग गरी राष्ट्र हितमा लगाउने कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन दिगो अर्थतन्त्र विकास गर्न जरुरी रहेको पत्रकार सम्मेलनमा बताएका छन् । यो संगठन ९९ जना सदस्यबाट अगाडी बढेको उनले बताए ।

नेकपा एमालेको जनसंगठनको रूपमा रहेको फेडेरेसनले वैदेशिक रोजगारी अध्ययन तथा व्यवसाय गरी २ वर्ष पछि स्वदेश आउनेहरुलाई संगठित गर्दै आएको रोकाले बताएका छन् । यो संगठन हाल पाँच कमिनिटि र ५४ जिल्लामा रहेको उनले बताए । सरकारी कार्यक्रमहरुमा वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिलाई सिप अनुसारको व्यवसाय संचालन र रोजगार सृजना गरी समाजमा पुन एकीकरण गर्ने नीति उल्लेख गरिएपनि रिटर्नीहरुको पहुँचमा कुनै कार्यक्रमहरु पुग्न सकेका छैनन् ।तर, वैधानिक र सरकारी प्रतिबद्धता कार्यान्वयन गर्ने विषयमा संगठनले जोड दिदै आएको कम्पनीले जानाकारी दिएको छ ।

देशलाई आत्मनिर्भर बनाउन कृषि, पर्यटन, उर्जा, भौतिक पुर्वाधार, साना तथा मझौला उद्योगको विकास र विस्तारमा जोड दिन आवश्यक छ। तर देशमा पटक पटक राजनीतिक परिवर्तन हुँदा समेत आर्थिक विकासलाई राजनीतिसँग जोड्न नसक्दा विकासले सही मार्ग समातेको छैन । अर्को तिर देशमा श्रमको सम्मान नगर्ने बढ्दो परिपाटीले देशका युवा विदेशिएका छन् प्रतिभा पलायन भएको छ तर प्रतिभा र जनशक्तिलाई परिचालन गर्ने पक्षमा राज्य निष्क्रिय छ ।

यस रिटर्नी फेडेरेसन नेपाल राजनैतिक रुपमा नेकपा (एमाले)को राजनैतिक मार्गदर्शनमा अगाडि बढेको छ। आर्थिक र सामाजिक रुपमा सम्पूर्ण रिटर्नीहरुको साझा संस्थाको रुपमा कार्यक्रमहरु अगाडि बढाउदै आएको छ । यसको लागि संगठनले उद्यमशिलता र रोजगार विभाग समेत गठन गरी कार्यक्रम अगाडि बढाउने बताए ।

साथै, पुस्तौ पुस्तासम्म विदेशिनु पर्ने बाध्यतालाई अन्त्य गर्दै देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्न संगठन क्रियाशिल छ । सहकार्य अगाडि बढाएको छ । यसको लागि अधिकार सम्पन्न सरकारी संरचना स्थापनामा पहल र पैरवी गर्ने, केन्द्र प्रदेश र स्थानीय तहको योजनामा रिटन लक्षित कार्यक्रमहरुमा सहभागी गराउने, स्थानीय स्तरमा रहेका रिटर्नीहरुको दक्षता बृद्धि गर्ने, समूहिक र व्यक्तिगत उद्यमहरुका विकास गरी बजारीकरण आदिमा प्रभावकारी सञ्जाल परिचालन गर्ने लक्षित योजना सहितका पक्षहरु समेत महाधिवेशनका प्रस्ट पार्ने कम्पनीले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्