इटालीसगको ब्यापार घाटा नियन्त्रणमा सरकारले पर्यटनलाइ मुख्य केन्द्र बनाएको छ: मन्त्री श्रेष्ठ « Arthapath.com
९ चैत्र २०७९, बिहीबार

इटालीसगको ब्यापार घाटा नियन्त्रणमा सरकारले पर्यटनलाइ मुख्य केन्द्र बनाएको छ: मन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायण काजी श्रेष्ठले इटालीसग रहेको २ अर्ब ९७ करोड ब्यापार घाटा नियन्त्रणमा सरकार गम्भीर रहेको बताएका छन् ।नेपाल इटली चेम्बर अफ कमर्सको ९ औं बार्षिक साधारण सभामा उनले यस्तो बताएका हुन्।

ब्यापार घाटा नियन्त्रण गर्न सरकार निजि क्षेत्र सग सहकार्य गर्ने तयार रहेको बताए । इटलीबाट पर्यटन भित्र्याउने सम्भाबना निकै ठूलो रहेको हुदा पर्यटनमा जोड दिन सरकार लागि परेको उनले बताए ।व्याजदरले के कति घटाउन सक्छ भन्ने बिषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहित निरन्तर छलफल भए पनि ठोस निर्णय आउन नसकेको जानकारी दिए ‌।

अर्थतन्त्र चलायमान बनाउन भष्ट्राचार नियन्त्रण र व्यापार घाटा कम गर्न सके देश समृद्ध हुन सक्ने उनको तर्क रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्