निजी क्षेत्रतर्फको कर्जा विस्तार न्युन, ४.६ प्रतिशतले मात्रै बढ्यो « Arthapath.com
१४ जेष्ठ २०८०, आईतवार

निजी क्षेत्रतर्फको कर्जा विस्तार न्युन, ४.६ प्रतिशतले मात्रै बढ्यो



काठमाडौं । निजी क्षेत्रतर्फको कर्जा विस्तार न्युन दरमा वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्ममा निजी क्षेत्रतर्फको कर्जा विस्तार ४.६ प्रतिशतले मात्रै वृद्धि भएको छ ।

सरकारले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण प्रतिवेदनले यस्तो देखाएको हो ।

कोभिड–१९ को प्रभाव न्यून भएसँगै आर्थिक वर्ष २०७७/७८ देखि तीब्ररूपमा बढ्दै गएको निजी क्षेत्रतर्फको कर्जाको विस्तार पछिल्लो समय न्यून दरमा वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७७/७८ मा २६.३ प्रतिशतले बढेको थियो । यस्तै, आव द्दण्ठडरठढ मा १३.३ प्रतिशतले वृद्धि भएको छ ।

मर्जर तथा प्राप्तिका कारण बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या घट्दै गएता पनि बैङ्क तथा वित्तीय संस्थाको शाखा सञ्जाल विस्तार भएको कारण वित्तीय पहुँच वृद्धि हुँदै गएको छ। शाखा विस्तारसँगै बैङ्किङ्ग कारोबार गर्ने जनसङ्ख्या उल्लेख्य बढेको छ।

२०७९ फागुनमा बैङ्क तथा वित्तीय संस्थामा निक्षेप खाता ४ करोड ९२ लाख ५ हजार,  कर्जा खाता १८ लाख ५४ हजार, मोबाइल बैङ्किङ्ग प्रयोगकर्ता २ करोड ६५ हजार र इन्टरनेट बैङ्किङ्ग सेवाका प्रयोगकर्ता १७ लाख ७९ हजार पुगेको छ। चालु आर्थिक वर्षको फागुनसम्म २५ हजार कर्जा खाता र ४२ लाख ३३ हजार निक्षेप खाता थप भएका छन्।

२०७९ फागुनमा लघुवित्त समेत बैङ्क तथा वित्तीय संस्थाको शाखा सङ्ख्या 1१ हजार 6 सय 29 पुगेको छ। बैङ्क तथा वित्तीय संस्थाको शाखाका आधारमा प्रति शाखा औसत जनसङ्ख्या २,५10 रहेको छ। यस्तो जनसङ्ख्या २०७8 फागुनमा २,५७२ रहेको थियो।


प्रतिक्रिया दिनुहोस्