अर्थ समितिको बैठक बस्दै, के-के छन् छलफलका विषय ? « Arthapath.com
२४ भाद्र २०८१, सोमबार

अर्थ समितिको बैठक बस्दै, के-के छन् छलफलका विषय ?



काठमाडौं । आज प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठक बस्दै छ ।

बिहान ११ बजे बस्ने बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० को प्रतिवेदनमाथि छलफल हुने संसद सचिवालयले जनाएको छ ।

यसअघि आइतबार बसेको बैठकले चेक अनादरमा एक महिनादेखि दुई बर्षसम्म सजाय र ५ प्रतिशत जरिवाना गर्ने विषयमा सहमति गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस्