नेपालका औद्योगिक क्षेत्रमा लगानी गर्न चिनियाँ व्यवसायीलाई मन्त्री भण्डारीको आग्रह « Arthapath.com
२६ भाद्र २०८१, बुधबार

नेपालका औद्योगिक क्षेत्रमा लगानी गर्न चिनियाँ व्यवसायीलाई मन्त्री भण्डारीको आग्रह



काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले नेपालका औद्योगिक क्षेत्रमा लगानी गर्न चिनिया व्यवसायीहरुलाई आग्रह गरेका छन् । बुधवार चिनका व्यवसायीहरुले भेटमा मन्त्री भण्डारीले यस्तो आग्रह गरेका हुन् ।

उनले नेपालमा व्यवसाय सञ्चालन गर्दा कुनैपनि नितिगत जटिलताहरु नरहेको बताए । चिनमा भैरहेको विकास निर्माणको नेपालले पनि सिको गरिरहेकोे बताए ।

उनले नेपालको कृषि, विद्युत, पर्यटन, शिक्षा तथा सुचना प्रविधि लगायतका क्षेत्रमा लगानी गर्न आग्रह गरे । मन्त्री भण्डारीले विभिन्न क्षेत्रमा लगानी गर्दै आएका १ दर्जन बढी व्यवसायीहरुले नेपालमा लगानीको वातावरणका बिषयमा अन्तरक्रिया गरेका हुन् ।

उनले काभ्रेको पाँचखालमा चिनको लगानीमा उद्योग सञ्चालनको तयारी भैरहेको बिषयमा लगानीकर्तालाई प्रयाप्त जग्गा उपलब्ध गराउन सरकार तयार रहेको जानकारी गराए । उनले नेपालमा व्यवसाय सञ्चालन गरेमा कुनैपनि समयमा आइपर्ने समस्या समाधानका लागि प्रतिवद्धता व्यक्त गरे ।

उद्योग मन्त्रालयका सचीव कृष्ण बहादुर रावतले नेपालमा लगानी गर्नका लागि कानुनी समस्याहरु नभएकाले उद्योगमा लगानी गर्न आग्रह गवरे । उनले नेपालमा कम्पनी दर्ता गर्दा निशुल्क रुपमा अनलाईन बाटै दर्ता प्रक्रिया रहेको बताए ।


प्रतिक्रिया दिनुहोस्