बाढी पहिरो कहरः घरबास गुमाएकाहरुको पुनर्स्थापना गरिने, सर्वदलीय बैठकले के-के गर्यो निर्णय ?
काठमाडौं । आइतबार बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट घरबास गुमाएका नागरिकहरुको पुनसर््थापना प्रक्रिया अघि बढाउने निणर्य गरेको छ ।
कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहले बोलाएको सर्वदलीय बैठकले सो निर्णय गरेको हो ।
बाढी पहिरोबाट परी प्रभावितहरुको तत्काल उद्धारका लागि पीडितहरूलाई उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ ।
शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वयमा उचित आवासको व्यवस्था गर्न आवश्यक प्रकृया अगाडि बढाउने भएको छ ।
यस्तै, जिल्ला विपद व्यवस्थापन समिति, यातायात व्यवसायी संघ र सुरक्षाकर्मीको संयुक्त प्रयासमा राजमार्गहरुमा फसेका यात्रुहरुलाई गन्तव्यमा पु¥याउन, राजधानीलाई बाँकी भूभागसँग जोड्ने सबैजसो राजमार्गको अवरोध हटाई आवागमन सुचारु गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पहल गर्ने, अत्यावश्यक दैनिक उपभोग्यका सामाग्रीहरू जस्तै खाद्यान्न, तरकारी, फलफूल, ग्यास लगायत सुपथ मूल्यमा सजिलैसँग उपलब्ध गराउनका लागि व्यवस्था मिलाउने पनि निर्णय गरेको छ ।
बैठकले ऊर्जा मन्त्रालयले क्षति ग्रस्त प्रसारण लाईन र विद्युत गृहहरुको मर्मत संभार गरी विद्युत आपुर्ति, संचार मन्त्रालयले अवरुद्ध इन्टरनेट र टेलिफोन तथा खानेपानी मन्त्रालयले खानेपानी प्रणालीको मर्मत सम्भार गर्ने लगायतको निर्णय गरेको हो ।
बाढी पहिरोबाट क्षतिग्रस्त पूल, सडक, विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकायको भवन, विद्युत संरचना लगायतको विवरण संकलन गरेर पुनर्निर्माणका गर्न आवश्यक प्रकृया अघि बढाउने निर्णय भएको छ।
साथै, बैठकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा सहयोग गर्न निजी क्षेत्र, संघसंस्था र आम नागरिकलाई अपिल गर्ने सोही बैठकले निर्णय गरेको छ ।