सरकारले दूरसञ्चार प्राधिकरणलाई तीन अर्ब उपलब्ध गराउने
काठमाडौं । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणलाई तीन अर्ब रुपैयाँ उपलब्ध गराउने भएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले दूरसञ्चार ऐन २०५३ को दफा ४५ को उपदफा ३ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणलाई आर्थिक वर्ष २०८१/८२ का लागि तीन अर्ब रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो ।
प्राधिकरणले गत आर्थिक वर्ष सरकारको खातामा करिब २९ अर्ब रुपैयाँ जम्मा गरेको थियो। प्राधिकरणले सञ्चार मन्त्रालयमार्फत सरकारसँग पैसा मागेको थियो।