यी हुन् मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णयहरु
काठमाडौं । मन्त्रिपरिषद बैठकका पछिल्ला निर्णयहरु सार्वजनिक भएका छन् । आइतबार बसेको बैंकको निर्णय सार्वजनिक भएको हो ।
डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट बिजुली उपभोग गर्ने ग्राहकहरुले खपत गरेको विद्युत बक्यौता रकम टिओडी मिटरको आधारमा असुल गर्ने निर्णय गरेको छ ।
यस्तै, डेडिकेटेड फिडर तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उद्योगहरुको विद्युत महसुलसम्वन्धी विवादका कारण आपूर्ति बन्द हुँद उत्पादन घट्न गएको, उद्योगमा कार्यरत श्रमिकहरुको रोजगारीमा प्रत्यक्ष असर परेको एवं समग्र अर्थन्त्रमा प्रभाव पारेको भन्दै २४ घण्टा भित्र विजुली लाइन जडान गर्ने निर्णय गरेको छ ।
यता, स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. गुणराज लोहनीको राजिनामा पनि बैठकले स्वीकृत गरेको छ ।