संचार क्षेत्रले साँचाे कुरा लेखिदिउन भन्ने राजनितीक नेतृत्वले चाहन्छ: बरिष्ठ उपाध्यक्ष पाेखरेल
काठमाडाैँ । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वाेर पाेखरेलले नेपालका पत्रकारहरू जहिले पनि लाेकतन्त्रकाे लागी लड्दै आएकाे बताए ।
हामी दुई ठुला छिमेकी मुलुककाे विचमा रहेका मुलुकले दुबै छिमेकीसँग आँखा जुधाएर आफ्ना समस्याहरू राख्न सक्नुपर्ने एमाले बरिष्ठ उपाध्यक्ष पाेखरेलले बताए ।
नेता पाेखरेलले कांग्रेस कम्युष्ठहरूविच बहुआयामिक संबन्ध रहेकाे छ । मुलुकमा संकटका बेला एतिहांसिक जित प्राप्त गरेका छन् । राष्ट्रिय संकट परेका बेला कांग्रेस कम्युनिष्ठ विच पनि बेला बेला प्रतिस्प्रर्धा हुने गरेकाे छ ।
संचार क्षेत्रले साचाे कुरा लेखिदिउन भन्ने राजनितीक नेतृत्वले चाहेकाे पाेखरेलले बताए । `तर याहाँ भ्रम फैफाएर फतुर लगाउने काम संचार क्षेत्रले बन्द गर्नुपर्छ ।´
पत्रकारहरूसँग एउटा नेताले पाेजेटिभ प्रेसर चाहेकाे हुन्छ, त्यसले लाेकतन्त्र बलियाे बनाउँछ । एउटा राजनितीक नेताले जहिले पनि पाेजेटिभ प्रेसर खाेजिरहेकाे हुन्छ ।
नागरिकहरूलाई सचेत बनाउने काम पनि पत्रकारहरूकाे रहेकाे बताए । राजनितीमा खराव प्रवृति छ भने पत्रकारहरूले सच्याउनु पर्ने बताए ।
नेपाली कांग्रेसका सहमहामन्त्री जिवन परियारले नेपालकाे राजनितीक परिवर्तनमा हाेस वा लाेकतन्त्रलाई सुध्रृढिकरणमा नेपालका पत्रकारहरूकाे याेगदान रहेकाे बताए ।
परियारले पत्रकार महासंघमा महिला नेतृत्वमा पुर्याउनुभएकाेमा सबैलाई बधाई दिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले आफ्नाे कार्यकालमा महासंघलाई गर्विलाे संस्था बनाउने बताइन् ।
कार्यक्रममा प्रेस चाैतारी नेपालका अध्यक्ष गणेश बस्नेतलले निर्वाचनमा खट्ने सम्पुर्ण साथपहरूलाई धन्यावाद दिए ।
कार्यक्रममा पत्रकार महासंघमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई प्रमुख अतिथी एमाले बरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेेल र कांग्रेस सहमहामन्त्री जिवन परियारले माला लगाएर शुभकामना दिएका थिए ।