अध्यादेशले निजी क्षेत्रको मनोबल बढाएको छ : अर्थमन्त्री पौडेल

काठमाडौं। अर्थमन्त्री विष्णुप्रसाद पौडेल सरकारले अध्यादेशमार्फत निजी क्षेत्रको मनोबल बढाएको बताएका छन् ।
महिला आर्थिक पत्रकार संघ (फेजा) द्वारा राजधानीमा आयोजित ‘अर्थतन्त्र : नीति र व्यवहार’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले गत वर्षको भुक्तानी दायित्वबाट सरकार बाहिर निस्किसकेको स्पष्ट पारे । ‘रितपूर्वक गरिएको भुक्तानीको दाबी पूरा भएको छ र बाँकी पनि रहँदैन’ उनले भने ।

उनले लामो समयदेखि दबाबमा रहेको अर्थतन्त्र अहिले केही सहज भएको बताए ।
यसैबीच, उनले अध्यादेशको सन्दर्भमा बोल्दै नीतिगत पुनर्संरचना एउटा सशक्त रूप भएको बताए । यसले छिटो समस्या समाधान गर्ने दाबी गरे ।