पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र लिएर महानगर टोली निर्मल निवास जाँदै « Arthapath.com
१७ चैत्र २०८१, आईतवार

पूर्वराजा ज्ञानेन्द्र शाहलाई जरिवानाको पत्र लिएर महानगर टोली निर्मल निवास जाँदै



काठमाडौँ । शुक्रवार राजावादी आन्दोलनको क्रममा काठमाडौँको तीनकुने क्षेत्रमा फोहोर गरेको भन्दै काठमाडौँ महानगरपालिकाले काटेको जरिवाना पत्र लिएर कर्मचारी निर्मल निवास जाने भएका छन् । 

महानगरका कर्मचारी आज आइतबार बिहान जरिवाना पत्र लिएर ज्ञानेन्द्र निवास जाने भएका छन् । शुक्रवारको आन्दोलनमा सडक तथा किनारामा फोहोर गरेको भन्दै महानगरले जरिवाना पत्र काटेको हो । 

महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहका नाममा जरिवानाबापत पत्र काटेको छ । राजावादीहरूको शुक्रवार काठमाडौँमा भएको प्रदर्शन पूर्वराजा शाहकै निर्देशनमा भएको भन्दै महानगरले निर्मल निवासलाई नै पत्र काटेको हो ।

राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्दा निजी सम्पत्ति घर गाडी तोडफोड तथा भाटभटेनी सुपर स्टोरमा लुटपाट गरेका थिए । 

महानगरले विभिन्न शीर्षकमा ८ वटा पत्र काटेर जरिवाना तोकेको छ । 

हेर्नुहोस् महानगरले पुर्वराजालाई काटेको ७ ओटा पत्र


प्रतिक्रिया दिनुहोस्