अब छिट्टै डिप्लोमा इन्जिनियरिङ काउन्सिल गठन हुने « Arthapath.com
३२ असार २०८२, बुधबार

अब छिट्टै डिप्लोमा इन्जिनियरिङ काउन्सिल गठन हुने



काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले डिप्लोमा ईन्जिनियरीङ् काउन्सिल छिटै गठन हुने बताएका छन् ।

डिप्लोमा ईन्जिनियर्स एशोसिएसनको ४५औं वार्षिकोत्सव एवम् विश्व वातावरण दिवशको अवसरमा आयोजीत कार्यशालामा उनले यस्तो बताएका हुन् ।

काउसिन्ल गठनको प्रकृया समेत शुरु भई सकेको दाहालले जानकारी गराए । कार्यक्रममा मन्त्री दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्युनिकरणमा सवै पक्ष लाग्नुपर्नेमा जोड दिए ।

प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य, प्राणी र पर्यावरणका लागि हानिकारक रहेको उल्लेख गर्दै उनले विकल्पहरुको विकास गरि यसको प्रयोगलाई निरुत्साहित गर्नु पनि उल्लेख गरे ।

सबै स्थानीय तह, प्रदेश एवम् संघीय सरकारले नागरिकको सहभागीतामा वातावरण संरक्षणका कार्यक्रम अघि सार्नु पर्नेमा उनको जोड थियो । जलवायु परिवर्तन, प्लाष्टिक तथा विश्व वातावरणको विषयमा कार्यशालाको आयोजना गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्