गृहमा सुदन र प्रविधि मन्त्रीमा महावीर नियुक्त हुँदै « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

गृहमा सुदन र प्रविधि मन्त्रीमा महावीर नियुक्त हुँदै



काठमाडौं । नेपाल सरकारको मन्त्रिपरिषद् हेरफेर र विस्तारको तयारीसँगै गृह मन्त्रालयमा सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा महावीर पुन नियुक्त हुने भएका छन् ।

म्याग्दीका स्वतन्त्र सांसद महावीर पुनलाई विज्ञान तथा प्रविधि मन्त्री बनाउने तयारी लगभग पक्का भएको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । यस्तै, सुदन गुरुङ पुन: गृहमन्त्रीको रूपमा मन्त्रालय फर्कन लागेका हुन् र उनको आजै शपथ ग्रहण गराउने गरी आवश्यक तयारी समेत भइरहेको छ । उनिहरू दुवैको नाम मन्त्रीका लागि सिफारिस भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्