सुन्दरीजलमा क्यानोनिङ फेष्टीवल हुने « Arthapath.com
७ असार २०७६, शनिबार

सुन्दरीजलमा क्यानोनिङ फेष्टीवल हुने



canyoning nepa

काठमाडौं । शिवपुरी राष्ट्रिय निकुञ्ज अन्र्तगत पर्ने शुन्दरीजल छागाँमा शनिबार क्यानोनिङ फेष्टीवल हुने भएको छ । नेपाल क्यानोनिङ एसोसियसनको आयोजनामा क्यानोनिङ महोत्सव हुन लागेको हो ।

राजधानीबाट २५ किलोमिटरको दुरीमा रहेको शुन्दरीजल आफैमा प्रकृतिक सम्पदाले भरिपुर्ण क्षेत्र हो । शिवपुरी राष्ट्रिय निकुञ्ज अन्र्तगत संरक्षित सो क्षेत्रमा क्यानोनिङ एसोसिएसनले फेष्टीवल गर्न लागेको संघका अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए ।

नेपाल आफैमा छाँगानै छाँगाले भरिपुर्ण देश हो । एउटा डोरीमा तुनरुङ्ग झुण्डिएर पानीको छाँगामा रुझ्दै ढुङ्गामा चिप्लीदै तल दहमा झार्ने सहाशिक खेल हो क्यानोनिङ । क्यानोनिङ गर्न आँट बुद्धि विवेक र धैर्यता पनि चाहिन्छ  ।

छाँगाको टुप्पाबाट हार्नोस लगाएर फिगरएट, क्याराभेनर र जुमरको सहायताले डोरीबाट ओर्लनुपर्छ । खेलाडी आफैले तल झर्ने गती निर्धारण गर्न सक्छ । उसले छाँगामै एकछिन रमाउन पनि सक्छ ।

पर्यटन वर्ष २०२० को पुर्व संध्यामा हुन लागेको क्यानोनिङ फेष्टीवलले देशको पर्यटकीय क्षेत्रको पहिचानका साथै प्रचारप्रसारमा सहयोग पु¥याउने हेतुले क्यानोनिङ फेष्टिवल गर्न लागिएको अध्यक्ष्य लामा बताउँछन । आगामी शनिबार सुन्दरीजलमा हुने क्यानोनिङ फेष्टीवलमा करिव ५ सय मानिस सहभागी हुने आयोजकको दावी छ । आन्तरीक पर्यटनको गतिलो संभावना बोकेको क्यानोनिङप्रति विदेशी पर्यटकको समेत चासो र सहभागिता रहने गरेको छ ।

क्यानोनिङ एसोसिएसन यतिवेला आफ्ना प्राविधिकहरुलाई शुन्दरीजलमा नयाँ प्राविधिकलाई तालिमका साथै मेलाको तयारीमा जुटेको छ । विश्वभरी फैलदै गएको शहासिक क्यानोनिङबारे नेपालमा खासै चासो र चर्चा छैन । नेपाल आफैमा डाँडाकाँडा छहराले युक्त देश हो । यहाँका छाँगामा डोरीको सहाराले वरोवहण गर्नुनै क्यानोनिङ हो । यसलाई सहाशिक खेलको रुपमा परिभाषित गरी विश्वभरी प्रोडक्ट वेच्ने गरीन्छ ।

नेपालमा भने क्यानोनिङको इतिहाँस त्यति लामो छैन । नेपालमा विदेशी पर्यटकको आगमनसँगै सन १९९७मा क्यानोनिङको सूरुवात भएको अध्यक्ष लामा बताउँछन । तर नेपालमा व्यावसायीक रुपमा क्यानोनिङ सुरुभएको १५ वर्ष मात्रै भयो । यस विचमा नेपालको कास्की, स्याङ्जा, लमजुङ, सिन्धुपाल्चोक, काभ्रे नुवाकोट र धादिङका छाँगामा व्यावसायीक क्यानोनिङ हुँदै आएको छ ।

हाल नेपालमा क्यानोनिङ गराउने प्राविधिक दक्ष जनशक्ती गाइड ४०/५० जना छन । क्यानोनरले लगाउने उच्चस्तरको ज्याकेट हेल्मेटलगायत पनि त्यत्तीकै महंगो हुन्छ ।

के के लैजाने

क्यानोनिङ गर्न जाँदा १ दिनको कार्यक्रम भएकोले धेरै सामाग्री आवश्यक पदैन । तर क्यानोनरले कपाडाको स्पोर्ट जुत्ता, टावेल पेन्ट, क्याप र रेनकोट छुटाउनै नहुने चिज हुन । विहानको खाजाको लागी हल्का खानेकुरा आवश्यकता अनुसार लैजानुपर्छ भने वर्खाको पानीमा तैरहने हुँदा आफ्नो शरिरको ख्याल गर्नुपर्ने हुन्छ ।

कति लाग्छ खर्च

शनिबार हुने क्यानोनिङ फेष्टीवलको लागी नेपाल क्यानोनिङ एसोसियसनले प्रतिव्यक्ति १ हजार ५ सय शुल्क तोकेको छ । त्यसमा आयोजकले गाडीमा लैजाने ल्याउने गर्छ भने क्यानोनिङ गर्नेका लागी १ थान टिसर्ट पनि उपलव्ध गराउने छ । एकछाक खाना राष्ट्रिय निकुञ्ज फि यातायात सबै खर्च आयोजकलेनै गर्ने छ । यद्धेपी खर्च स्थान हेरेर टुङ्गो लाग्ने भएपनि आयोजकले थोरै सुल्कमा शहासिक क्यानोनिङ गराउँदै आएको छ ।

के के छन चुनौती

नेपालमा रहेका अधिंकास छाँगा झरना राष्ट्रिय निकुञ्जभित्र रहेकाले निकुञ्जले महंगो शुल्क लिने गरेको छाँगा वरोहण संघका अध्यक्ष राजेन्द्र बहादुर लामा बताउँछन । सरकारी तहबाट खर्चको जोहो हुन नसक्नु, निकुञ्जले प्रतिव्यक्ती ६ सय रुपैंय शुल्क लिनु आयोजकको लागी चुनौती हो । क्यानोनिङ विदेशीलाई आर्कषित गर्ने मुख्य सहाशिक खेल भएर पनि राज्यको प्रथामिकतामा पर्न नसक्नु प्रमुख चुनौती हो । पर्यटन बोर्डले वार्षिक कार्यक्रम बापत दिने न्युन सुल्कले यस खोल धानिदै आएको भएपनि अन्य स्रोतको अभावमा विस्तारै यस पेसामा लाग्नेहरु पलायन हुँदै आएका छन ।

Tags :

प्रतिक्रिया दिनुहोस्