जिवन बिमा कम्पनीको बिमा शुल्क ४७ अर्व, कुन कम्पनीको कति ? « Arthapath.com
१६ माघ २०७६, बिहीबार

जिवन बिमा कम्पनीको बिमा शुल्क ४७ अर्व, कुन कम्पनीको कति ?



सबैभन्दा बढी नेपाल लाईफको १३ अर्व ९६ करोड
काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ४७ अर्ब रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेका छन् । सञ्चालनमा रहका १९ वटा जीवन कम्पनीहरूले पुस मसान्तसम्म प्रथम बीमा शुल्क, नविकरण बीमा शुल्क र बैदेशिक रोजगार बीमा शुल्क गरी कुल ४७ अर्ब ५० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् ।
बीमा समितिले उपलब्ध गराएको पुस मसान्तसम्मको विवरण अनुसार सो अवधिमा जीवन बीमा कम्पनीहरूले १५ अर्ब २९ करोड रुपैयाँ प्रथम बीमा शुल्क, ३० अर्ब ९९ करोड रुपैयाँ नवीकरण बीमा शुल्क र १ अर्ब २२ करोड रुपैयाँ बैदेशिक रोजगारी बीमा शुल्क आर्जन गरेका थिए ।
चालु आवको ६ महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीमध्ये एउटा
कम्पनीले १० अर्ब रुपैयाँभन्दा बढी, २ वटा कम्पनीले ५ अर्ब रुपैयाँ बढी, ७ वटा कम्पनीले १ अर्ब रुपैयाँ बढी र बाँकीले १ अर्ब रुपैयाँभन्दा कम बीमा शुल्का आर्जन गरेका छन् । जसमा सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १३ अर्ब ९६ करोड रुपैयाँ र सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सले २८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । चालु आवको ६ महिनामा नेपाल लाइफ इन्स्योरेन्सले १३ अर्ब ९६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । जसमा ४ अर्ब १ करोड रुपैयाँ प्रथम बीमा शुल्क र ९ अर्ब ९५ करोड रुपैयाँ नवीकरण बीमा शुल्क आर्जन गरेर चालु आवको दोस्रो त्रैमासमा सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीहरूको सूचीमा पहिलो भएको छ । सबैभन्दा बढी बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनीको दास्रो नम्बरको सूचीमा लाइफ इन्स्योरेसन कर्पोरेशन नेपाल (एलआईसी) छ । कम्पनीले पुस मसान्तसम्म १ अर्ब ७० करोड रुपैयाँ प्रथम बीमा शुल्क र ५ अर्ब ९९ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी ७ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको हो ।
तेस्रो नम्बरमा रहेको सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय बीमा संस्थानले ५ अर्ब ५ अर्ब रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ । संस्थानले पुस मसान्तसम्म ८० करोड प्रथम बीमा शुल्क र ५ अर्ब ३ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी ५ अर्ब ८३ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।
यसैगरी, १ अर्ब रुपैयाँभन्दा बढी बीमा शुल्क आर्जन गर्नेमा नेशनल लाइफ
इन्स्योरेन्सले प्रथम बीमा शुल्क १ अर्ब रुपैयाँ, नवीकरण बीमा शुल्क २ अर्ब ७१ करोड रुपैयाँ र बैदेशिक रोजगार बीमा शुल्कबाट २४ करोड रुपैयाँ गरी ३ अर्ब ९५ करोड रुपैयाँ संकलन गरेको छ । त्यस्तै, युनियन लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्क १ अर्ब ४२ करोड रुपैयाँ, नविकरण बीमा शुल्क ७७ करोड रुपैयाँ र बैदेशिक रोजगार बीमा शुल्कबाट २२ करोड रुपैयाँ गरी जम्मा २ अर्ब ४१ करोड रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ९२ करोड रुपैयाँ प्रथम बीमा शुल्क र १ अर्ब ४७ करोड रुपैयाँ नवीकरण बीमा शुल्क गरी २ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
यस्तै, एशियन लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्कबाट ८६ करोड रुपैयाँ र नवीकरण बीमा शुल्कबाट १ अर्ब ४० करोड रुपैयाँ गरी २ अर्ब २६ करोड रुपैयाँ, सुर्य लाइफ इन्स्योरेन्सले ४३ करोड रुपैयाँ प्रथम बीमा शुल्क, ६९ करोड रुपैयाँ नवीकरण बीमा शुल्क र ४६ करोड रुपैयाँ बैदेशिक बीमा शुल्क गरी १ अर्ब ५८ करोड रुपैयाँ संकलन गरेको छ ।
साथै, प्राइम लाइफ इन्स्योरेन्सले प्रथम बीमा शुल्कबाट ४८ करोड रुपैयाँ र नवीकरण बीमा शुल्कबाट ९३ करोड रुपैयाँ गरी कुल १ अर्ब ४१ करोड रुपैयाँ र रिलायबल लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँ प्रथम बीमा शुल्क, १८ करोड नविकरण बीमा शुल्क र ३० करोड बैदेशिक रोजगारी बीमा शुल्क गरी कुल १ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । यस्तै, पुस मसान्तसम्ममा १ अर्ब रुपैयाँभन्दा कम बीमा शुल्क संकलन गर्नेमा गुराँस लाइफ इन्स्योरेन्स ९४ करोड रुपैयाँ, ज्योति लाइफ इन्स्योरेन्स ७४ करोड रुपैयाँ, सिटिजन्स लाइफ इन्स्योरेन्स ७१ करोड रुपैयाँ, आईएमई लाइफ इन्स्योरेन्स ५८ करोड रुपैयाँ र सनलाइफ इन्स्योरेन्सले ५६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।
सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमध्ये ४ वटा बीमा कम्पनीले भने पुस मसान्तसम्म ५० करोड रुपैयाँभन्दा कम कुल बीमा शुल्क संकलन गरेका छन् । जसमा रिलायन्स लाइफ ४३ करोड रुपैयाँ, सानिमा लाइफले ४० करोड रुपैयाँ, प्रभु लाइफले ३० करोड रुपैयाँ र महालक्ष्मी लाइफ इन्स्योरेन्सले २८ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका हुन् ।
सेयर बजारबाट


प्रतिक्रिया दिनुहोस्