महालक्ष्मी विकास बैंकद्धारा सेवाग्राहीको प्रशासनिक शुल्क फिर्ता « Arthapath.com
१९ माघ २०७६, आईतवार

महालक्ष्मी विकास बैंकद्धारा सेवाग्राहीको प्रशासनिक शुल्क फिर्ता



काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले गुणस्तरीय सेवा प्रदान गरी ग्राहकलाई सन्तुष्टि अभिवृद्घि गर्ने उद्देश्य सहित महालक्ष्मी उद्यमशील कर्जा योजना रहेको छ । जसमा यो सेवा लिईरहेका र नियमित रुपमा कर्जाको किस्ता र ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ ।

ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता वा ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदर स्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको जानकारी दिएको छ । बैंकले प्रदान गरेको उक्त सुविधाबाट चालु आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना सेवाग्राही लाभान्वित हुन सफल भएका छन् ।

आगामी दिनमा समेत कर्जाको किस्ता वा ब्याज नियमित भुक्तानी गर्ने सेवाग्राहीहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्ने प्रतिबद्धता बंैकले गरेको छ । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १ सय २ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको छ । महालक्ष्मी विकास बैंक लि.मा हालसम्म ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्