ईतिहासमै पहिलो पटक प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै सर्वसाधारण सडकमा « Arthapath.com
२१ फाल्गुन २०७६, बुधबार

ईतिहासमै पहिलो पटक प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै सर्वसाधारण सडकमा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्दै त्रिवि शिक्षण अस्पतालबाहिर थुप्रै शुभेक्छुकहरू भेला भएका छन ।

सत्तारुढ नेकपा निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियुले प्रधानमन्त्री केपी शर्मा ओलीको सफल मिर्गौला प्रत्यारोपणसहित शीघ्र स्वास्थ्य लाभको कामना गरेका हुन् । उनीहरु अस्पताल परिसरमा लामवद्ध भएर बसेका छन् ।

मिर्गाैला प्रत्यारोपणका लागि सोमबारदेखि भर्ना भएका ओलीको अहिले शल्यक्रिया जारी छ । नेपाल सरकारका मन्त्रीहरु वसन्तकुमार नेम्वाङ, पार्वत गुरुङलगायत शिक्षण अस्पताल पुगेका छन् ।

साथै प्रधानमन्त्रीलाई ओलीलाई विभिन्न देशका प्रधानमन्त्रीले स्वास्थ्य लाभको कामना गर्ने क्रम जारी छ । भारत, पाकिस्तान, भूटान, जापानलगायतका प्रधानमन्त्रीले ओलीको स्वास्थ्यलाभको कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीको मिर्गाैला प्रत्यारोपणको शल्यक्रिया भइरहेको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका डा। प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सकको टोलीले ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिरहेको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल आउने शुभेच्छुकहरुको उपस्थिति बढ्दो क्रममा छ ।


प्रतिक्रिया दिनुहोस्