नेपाल–भारत मैत्री बस सेवा बन्द « Arthapath.com
२ चैत्र २०७६, आईतवार

नेपाल–भारत मैत्री बस सेवा बन्द



काठमाडौं । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरको भीमदत्तनगरबाट सञ्चालन हुँदै आएको नेपाल–भारत मैत्री बस सेवा आजदेखी बन्द गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसका कारण आजदेखी मैत्री बस सेवा बन्द गरिएको हो । भारतको उत्तराखण्डमा पनि कोरोना भाईरस संक्रमणका विरामी देखा परेकाले सेवा बन्द गरिएको महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय प्रदेश सरकारको पत्रको जानकारी दिँदै बस सेवा रोक्न भनिएपछि बस सेवा बन्द गरेको अर्काे आदेश नआउँदासम्म बस सेवा रोकिएको उनले जानकारी दिए ।

महाकाली यातायातले नयाँदिल्ली, देहरादुनलगायतका क्षेत्रमा नेपाल–भारत मैत्री बस सेवा सञ्चालन गर्दै आएको छ । महाकाली, पवनदूतलगायतका आधा दर्जन बढी नेपाल–भारत मैत्री बस दैनिक सञ्चालनमा हुँदै आएका छन ।


प्रतिक्रिया दिनुहोस्