नेपालमा आउने विदेशी पर्यटक मार्फत ४९ अर्ब आम्दानी « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

नेपालमा आउने विदेशी पर्यटक मार्फत ४९ अर्ब आम्दानी



काठमाडौं । भ्रमण बर्ष २०२० स्थगित भएको छ । कोरोनाका कारण सरकारले नेपालमा भनेजति पर्यटक भित्र्याउन नसक्ने भएको छ । सन् २०२० लाई लाक्षित गरि सरकारले सारेको योजना विफल हुने देखिएको छ । तर हालको लागि कोरोना भाईरसका कारण बन्द गरिएतापनि चालु आर्थिक बर्षको पहिलो ७ महिनामा विदेशी पर्यटक मार्फत हुने आम्दानी १५ प्रतिशतले बढेको छ ।

चालु आर्थिक बर्षको माघसम्म विदेशी पर्यटक नेपाल आएवापत रु ४९ अर्ब आम्दानी भएको छ । गत आर्थिक बर्षभन्दा रू ६ अर्ब ४० करोडले बढी रहेको छ । गत आवको माघसम्म विदेशी पर्यटक मार्फत रु. ४२ अर्ब ६० करोड आम्दानी भएको थियो ।

यसरी पर्यटकबाट मनग्य आम्दानी भएपनि कोरोनाका कारण यो गति बढ्न सक्ने छाँटकाट छैन । भ्रमण बर्ष शुरु गरेपनि हालका लागि नेपालले कोरोना प्रवेशमा निगारनी गर्न ५५ मुलुकका नागरिकलाई नेपाल आउने रोक लगाइसकेको छ । जसले गर्दा नेपाललाई मात्र होईन विश्वलाई नै क्ष्ाित पुगिरहेको छ ।

यस्तै, नेपाली पर्यटकले विदेशमा भ्रमण खर्च गर्ने पैसा भने २१.१ प्रतिशतले घटेको छ । समिक्षा अवधीमा भ्रमण र अध्ययनका नाममा रु. ४३ अर्ब ६० करोड नेपालदेखि बाहिरीएको छ । यसमध्ये अध्ययन तर्फ भने रु. २१ अर्ब ३ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण खर्च रू. ५५ अर्ब २८ करोड रहेकोमा शिक्षा तर्फको खर्च भने रु। २८ अर्ब ६६ करोड रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्